प्रमुख प्रतिपक्षी दल कांग्रेसले वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी संशोधित प्रावधानले संवैधानिक, सामाजिक र पारिवारिक जटिलताहरू सिर्जना गर्ने जनाएको छ । १४औँ महाधिवेशनको कार्यतालिका हेरफेरका लागि मंगलबार अबेर रातिसम्म बसेको बैठकले नागरिकता संशोधन विधेयक फिर्ता लिन आग्रह गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नागरिकता संशोधन विधेयक संविधानविपरीत भएको निष्कर्ष निकालेको छ । ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानुनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्थाविपरीत र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यताविपरीत छ,’ कांग्रेस केन्द्रीय समितिको निर्णयमा भनिएको छ, ‘यस्तो संशोधनको कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलताहरूसमेत सिर्जना हुन सक्ने प्रबल सम्भावना रहन्छ ।’
राज्य व्यवस्था तथा सुशासन समितिमा पनि कांग्रेस सांसदहरूले फरक मत राखेका थिए । त्यसैअनुसार संसद्मा प्रस्तुत हुन पनि कांग्रेसले संसदीय दललाई निर्देशन दिएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, महेश आचार्य, प्रदीप गिरि, ज्ञानेन्द्रबहादुर कार्की, डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडूले धारणा राखेका थिए ।नयाँ पत्रिकामा खबर छ।
त्यस्तै, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, डा. चन्द्र भण्डारी, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, गगनकुमार थापा, बद्री पाण्डे, सुजाता परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक, हरिप्रसाद नेपाल, अतहर कमाल मुसलमान, जंगीलाल राय, कर्णबहादुर बुढा, गोपाल दहित, योगेन्द्र चौधरीले पनि बोलेका थिए । आमन्त्रित केन्द्रीय सदस्यहरू अभिषेखप्रताप साह र दयाराम पाण्डेले नागरिक विधेयकबारे बोलेका थिए ।
बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले वैवाहिक अंगीकृत नागरिकताका विषयमा पनि सभापति देउवाले गरेको ट्विटमा प्रश्न उठाएका छन् । तर, देउवाले आफूले सबैलाई समानता हुनुपर्छ भनेर लेखेको बताए । ‘मैले महिला र पुरुषबीच असमानता नहोस् भनेर भेदभाव नगरी नागरिकता दिनुपर्छ भनेर ट्विट गरेको हुँ,’ देउवाले प्रस्ट्याउँदै भने, ‘छलफल गराँै, जेमा सहमति हुन्छ त्यही निर्णय गरेर जाऊँ ।’
बैठकमा कृष्णप्रसाद सिटौला, महेश आचार्य, प्रदीप गिरि, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङसहितका केन्द्रीय सदस्यले नागरिकतामा प्रचलित कानुनअनुसार अघि बढ्नुपर्ने मत राखेका थिए । सिटौलाले अन्तरिम संविधान २०६३ मा नागरिकताबारे गरिएको व्यवस्थाअनुसार नै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताएका थिए । नागरिकताको विषय मधेसकेन्द्रित दलहरूले नभई कांग्रेसले अघि सारेको मुद्दा भएको उनको भनाइ थियो । नेता आचार्यले पनि बहुमतले पारित भएको नागरिकताको विषय असंवैधानिक र अलोकतान्त्रिक रहेको जिकिर गरेका थिए ।
महाधिवेशन कार्यतालिका हेरफेर हुँदै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले असारभित्र पार्टीको आन्तरिक समायोजन सक्ने, साउनसम्म क्रियाशील सदस्यताको विषय टुंग्याएर १४औँ महाधिवेशनको कार्यतालिका पुनः परिमार्जन गर्ने भएको छ । बैठक चलिरहेकै वेला सभापति देउवा र वरिष्ठ नेता पौडेलसहित शीर्ष नेताहरू कार्यतालिका परिमार्जनबारे छलफलमा जुटेका थिए ।
बैठकमा सभापतिइतर पक्षका नेताहरू तत्काल काम नथाल्ने हो भने तल्लो तहको अधिवेशनको हेरफेर गर्दा पनि आगामी ७–१० फागुनमा महाधिवेशन गर्न गाह्रो हुने बताइरहेका छन् । कोरोना र वर्षालाई देखाएर महाधिवेशनको तयारी गर्न ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ ।
नेकपा भित्रको खैलाबैला भारतका मिडियामा कसरी ? प्रधानमन्त्री ओली
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …