तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

साउदी : कोरोना महामारीका कारण साउदी अरेबियामा अलपत्र परेका नेपाली हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन् । हालसम्म ८०९ जनाले यात्रा गरेका छन् ।

नेपाली दूतावासका अनुसार स्वदेश फिर्ताको लागि अनलाइन फारम तथा टेलिफोन सम्पर्क गरी २० हजार भन्दा बढीले फारम भरेका छन् भने स्वदेश फिर्ताका लागि दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाले तत्कालका लागि २८७४ जनाको नामावली सार्वजिनिक गरेको छ ।

साथै लामो समयदेखि दूतावास सेल्टरमा रहेका ४ जना महिलाले पनि पनि यात्रा गरेका छन् । यात्रा गरेका ४ मध्ये २ जना आफ्नै खर्चमा र २ जनाको अमृत पौड्यालको नेतृत्वमा संस्थागत रुपमा हवाई टिकट उपलब्ध भएको थियो । उडानको समय सहजीकरणका लागि विमानस्थलमा नेपाली दूतावास परिवारको समेत उपस्थित थियो।

साउदी सरकारले अकामा नविकरणन गरेका ७४ जना नेपालीका लागि बहिगर्मन भिषा समेत जारी गरेको छ । जसका कारण उनीहरू चाडै स्वदेश फिर्ता हुने भएका छन् । कामको शिलशिलामा मृत्यु भएका १२० जना नेपालीको शव साउदी छ र जसका लागि दूतावासले सम्बन्धित निकायलाई जानकारी गराए पनि कोरोनाको समस्याका कारण गर्दा शवहरु यततत्र भएका छन् ।

आफ्नै राष्ट्रको ध्वजावाहक नेपाल एयरलाइन्समा स्वदेश फिर्ता हुन पाए पनि नेपाली केही निराश भए। कोरोनाको त्रास सँगै अलपत्र परेरका बेला महंगो टिकटको शुल्क र उडानको समय चाहिने कोरोना टेस्ट रिपोटको लागि करिब ६ हजार नेपाली रुयैयाँ तिर्नुपर्ने बाध्यता उनीहरुलाई थियो।

आपतमा सरकारले सहयोग नगरेको गुनासो उनीहरुको छ । पछिल्लो पटक सरकारले निर्धारण गरेको साउदीको रियाद रजेद्धा शहरबाट एकतर्फी हवाई टिकटको मूल्य करिब नेपाली ६८ हजार रुयैयाँ रहेको छ । सरकारले निर्धारण गरेको हवाई टिककको मूल्य नलिन र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरी स्वदेश फर्काउन सर्वोच्च आदेश आदेश दिए पनि त्यो कार्यान्वयन भएन ।

चर्काे हवाई भाडाका कारण अलपत्र परेका थुप्रै नेपाली स्वदेश फर्कनबाट बञ्चित हुने र विदेशमै ज्यान गुमाउनु पर्ने अवस्था समेत आउने देखिन्छ ।

साउदीअरेबियाले कोरोनाको असर संगै २१ जुन देखी पूर्ण रूपमा कर्फ्यु हटाएको छ तर माक्स अनिबार्य रुपमा लगाउने ,सामाजिक दूरी कायम राख्ने र ५० जना भन्दा बढि भीडभाड गर्न नपाइने, जस्ता नियम लागु गरेको छ भने अन्तराष्ट्रिय उडानका लागि सरकारले कुनै निर्णय लिएको छैन । घर बिदामा गएका कामदार कोरोना महामारी समाप्त नहुन्जेलसम्म साउदी फर्कन नपाउने निर्णय गरेको अन्नपुर्ण पोस्टमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …