रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले संविधानको रक्षा र जनताको जीउधनको सुरक्षा नै राज्यको पहिलो दायित्व भएको बताउनुभएको छ ।
गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला रुपन्देही आउनुभएका खाँणले नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा भन्नुभयो, “संविधानको रक्षा र आम मानिसको जीवन रक्षा नै राज्यको पहिलो दायित्व हो ।”
कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकको सभापतित्वमा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले गठबन्धन दलप्रति सम्मान व्यक्त गर्दै नेपाली कांग्रेसले थप जिम्मेवारीका साथ काम गरिरहेको समेत बताउनुभयो । उहाँले सबै दलको एकता र सहकार्यले नै देश विकास हुने पनि बताउनुभयो ।
गृहमन्त्री खाँणले रुपन्देहीको विकासका लागि वर्तमान सरकारले सार्थक प्रयत्न गरिरहेको पनि बताउनुभयो । रुपन्देहीको विकास जिल्लावासीका नागरिकका लागि मात्र नभई देशको विकासका लागि आधार तयार गर्ने उहाँको भनाइ थियो । उहाँले बेलहिया नाकालाई व्यवस्थित बनाउनका लागि अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरुलाई आफूले आग्रह र छलफल गरेको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय नेतासमेत रहनुभएका गृहमन्त्री खाँणले पार्टीको १४औँ महाधिवेशन सफल पार्नुपर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेसको काँधमा जिम्मेवारी र चुनौती रहेकाले जिम्मेवारी पूरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गृहमन्त्री खाँणलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेस नेता कार्यकर्ताले स्वागत गरेका थिए । खाँणको स्वागतमा बिहानैदेखि विमानस्थलमा हजारौैँ कांग्रेस नेता कार्यकर्ता जम्मा भए पनि मौसममा आएको फेरबदलीका कारण उहाँको फ्लाइट ढिला गरी साढे एक बजे मात्रै भैरहवा अवतरण गर्नुभएको थियो । यद्यपि उहाँको पूर्वनिर्धारित तालिका बिहान १० बजेको थियो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …