काठमाडौं । कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाले २१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।उनीसँगै बहिनी निमा ल्हमू शेर्पाले पनि म १२ तारिखमा सफल आरोहण गरेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत सोना शेर्पाले नेपाल प्रेसलाई जानकारी दिए।
स्पिड आरोहीका नामले परिचित पेम्बाले बिना अक्सिजन ७ पटक सगरमाथा आरोहण गरिसकेका छन्। उनले दश दिनमा तीन पटक र सात दिनमा दुईपटक सगरमाथा आरोहणको रेकर्ड पनि बनाइसकेका छन् ।
बहिनी ल्हमूको आरोहण सफलतासँगै एकै परिवारबाट आठ जनाले सगरमाथा आरोहण गरेको किर्तिमान समेत पेम्बाको परिवारले बनाएको छ। दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ बेदिङका छिरिङ नोर्बु र किमजुङ शेर्पाको आठ जना छोराछोरीले सगरमाथा आरोहण गरेका छन्।
पेम्बा दोर्जे शेर्पाले २१ पटक आरोहण गरेका छन् भने भाइ पैम्बा ग्याल्जेनले ४ पटक आरोहण गरेका छन्। त्यसतै भाइहरू निमा ग्याल्जेन शेर्पा ९ पटक, फुर्वा तेन्जिङ शेर्पाले १४ पटक, फुर्वा थुण्डु शेर्पाले २ पटक र फुर्वा ठिन्ले शेर्पाले ५ पटक आरोहण गरेका छन्।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …