पछिल्लो चौबीस घण्टामा थप १ हजार १५ जनामा सङ्क्रमण

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका एकहजार १५ जना सङ्क्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अनुसार पाँच हजार ८४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एकहजार १५ जनामा  सङ्क्रमित भएको पहिचान गरिएको छ …

सङ्क्रमितले भरिए अस्पताल, सीसीएमसीको बैठक छलफलमै सीमित, रोकथामबारे हुन सकेन निर्णय

काठमाडौँ। भारतमा दोस्रोपटक कोरोना महामारीका रूपमा फैलिइरहेका बेला त्यसको असर सुदूरपश्चिम प्रदेशमा सिमानासित जोडिएका जिल्लामा पर्न थालेको छ । केही समयअघि कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि रोजगारीका लागि भारत गए सुदूरपश्चिमेलीहरु कोरोनाको त्रासले घर फर्किने थालेपछि यहाँ कोरोनाको सङ्क्रमण ह्वात्तै …

थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।   स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा देशभर ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ  । थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ । यस्तै मृतकको …

जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गर्नुभएको छ । उहाँले आज अपराह्न ट्विट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही …

सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट व्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो । अस्पतालको सेवामा विविधिकरण गर्ने …

तीव्र गतिमा कोरोना: सरकारी अस्पतालमा ५० प्रतिशत शय्या छुट्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना (कोभिड–१९) सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको छ । बिहीबार आठबुँदे अपिल जारी गर्दै तीव्र गतिमा कोरोना महामारी फैलिन थालेपछि सो मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. …

सुर्तीजन्य पदार्थमा नियन्त्रण: राजस्व बढाएर सेवनमा नियन्त्रण गर्न सुझाव

काठमाडौँ। नेपालमा सुर्तीजन्य पदार्थमा राजस्व बृद्धि गरी नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ । स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘सुर्तीजन्य पदार्थमा राजस्व वृद्धि र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियाका सहभागी वक्ताले नेपालमा सस्तो सुर्तीजन्य …

विद्यार्थी, शिक्षकमा रुघाखोकी र ज्वरो फैलिएपछि विद्यालय बन्द

दोलखा। दोलखाको बिगु गाउँपालिका–८ खोपाचाँगुस्थित हिमालय माविका विद्यार्थी, शिक्षकमा रुघाखोकी र ज्वरो फैलिएपछि विद्यालय बन्द गर्ने निर्णय भएको छ । यहाँका १ सय २ विद्यार्थी र ६ शिक्षक रुघाखोकीसहित ज्वरोले थलिएका छन् । केही विद्यार्थीमा समस्या देखिए पनि बिहीबारबाट प्रकोप फैलिएको प्रधानाध्यापक …

१४ जिल्ला ‘अति जोखिम’: स्कुल नपठाउन स्वास्थ्य मन्त्रालयले गर्‍यो अपिल

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट अति प्रभावित जिल्लामा संक्रमण विस्तार हुने गतिविधि अविलम्ब बन्द गर्नुपर्ने अवस्था आएको जनाउँदै तोकिएका क्षेत्रमा सहभागी नहुन अपिल गरेको छ । बिहीबार ‘अत्यन्त जरुरी अपिल’ सार्वजनिक गर्दै मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, …

नयाँ वर्षको भीडभाड: कोरोना भाइरस सङ्क्रमणको त्रास शून्य

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहरको जोखिम बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । सरकारले सकेसम्म भीडभाड नगर्न र मास्क लगाउन पनि अनिवार्य गरिरहेको छ । तर, भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म नेपालीले नयाँ वर्ष मनाउनमा मस्तसँग रमाएका …