सुडानका उपराष्ट्रपति माचरको दल र प्रतिद्वन्द्वी समूहबीच झडप हुँदा दर्जनौँको मृत्यु

सुडान । दक्षिण सुडानको नाइल क्षेत्रमा सरकारी सेना र यहाँका उपराष्ट्रपतिको दल र उहाँ विरोधी गुटहरूबीच शनिबार व्यापक झडपहरू भएका छन् । दक्षिण सुडानका उपराष्ट्रपति रिक माचरको ‘पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन’ (एसपिएलए–आइओ) का प्रतिद्वन्द्वी गुटहरूबीच भएका घातक लडाइँमा दुई उच्च सैनिक …

अफगानिस्तानमा थप ३८५ लडाकू मारिए, २१० घाइते

अफगानिस्तान। अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप ३८५ तालिवान लडाकू मारिएका छन् ।    सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भएका घटनामा परी अरु २१० जना घाइतेसमेत भएका छन् ।  देशको रक्षा मन्त्रालयका अधिकारीले देशका विभिन्न ठाउँमा भएका घटनामा सुरक्षाकर्मीलाई …

अमेरिकामा ५० प्रतिशतलाई पूर्ण खोप

अमेरिका । अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् ।  विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन् । पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले खोप …

परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन इरानलाई अमेरिकाको आग्रह

अमेरिका ।अमेरिकाले इरानको नयाँ सरकारलाई परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन आग्रह गरेको छ ।  इरानका नवनियुक्त राष्ट्रपति इब्राहिम रायसीले जिम्मेबारी ग्रहण गरेकै दिन बिहीबार अमेरिकाले परमाणु सम्झौताको विषयलाई सकारात्मक दिशातर्फ लैजान आग्रह गरेको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक …

अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत, बेरोजगारी दर ५.४ प्रतिशत

अमेरिका। अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत आइरहेको समय जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।  महामारीका कारण उद्योगहरूले गरेको कष्टकर सङ्घर्षपछि पछिल्ला केही महिनामा उद्योगहरू सामान्य अवस्थामा फर्किने कसरत …

हिरोशिमा बम विस्फोटनको ७६ औँ बर्ष, हतियार मोह त्याग्न जापानको आग्रह

हिरोसिमा, जापान। जापानी सहर हिरोशिमामा भएको आणविक बम विस्फोटको ७६ औँ बर्ष पुगेको दिन शुक्रबार हिरोशिमा शहरले परमाणु प्रतिरोधलाई त्याग्न आह्वान गरेको छ । यो वर्ष हिरोशिमा शहरले अगस्त ६, १९४५ मा शहरमा बम विस्फोट गराइँदा भएको क्षतिलाई फेरि एक …

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं। नेपाली कांग्रेसले कोभिड–१९ को प्रभावका कारण नेपालीका लागि वैदेशिक रोजगार असुरक्षित भएको र सरकारले आवश्यक सहयोग गर्नुपर्नेलगायतका विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसद डा डिला सङ्ग्रौला पन्त प्रस्तावक र प्रमिला राई तथा रामबहादुर बिष्ट …

नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं  । नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।  नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ …

टोकियो ओलम्पिक : ७५ पदकसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडौँ। जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कास्य पदक …

मेसीले बार्सिलोना छाड्ने पक्का

काठमाडौँ। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फुटबल क्लब बार्सिलोनामा नबस्ने भएका छन् । बिहीबार क्लबले विज्ञप्ति जारी गर्दै मेसी बार्सिलोनामा नबस्ने जनाएको हो । क्लब र मेसीबीच नयाँ सम्झौतामा हस्ताक्षर गर्ने सहमति बने पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका …