भूपु गोर्खाले थाले आमरण अनशन

लन्डन। समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य …

अमेरिकी अर्थतन्त्रमा अपेक्षाकृत उच्च रोजगारी सृजना

वाशिङटन डीसी । अमेरिकी अर्थतन्त्रले जुलाई महीनामा अपेक्षा गरिएभन्दा धेरै रोजगारी सृजना गरेको छ । गत महीना अर्थतन्त्रमा ९ लाख ४३ हजार नयाँ रोजगारी थपिएका छन् । विलासिता र आतिथ्य, शिक्षा र पेशागत सेवासमेतका क्षेत्रमा भएको वृद्धिका कारण रोजगारी सृजनामा …

तालिबान समूहले अफगानिस्तानमा अर्को एक प्रान्तीय राजधानी पनि कब्जा गरेको दाबी

अफगानिस्तान। अफगानिस्तानमा विद्रोह गरिरहेको तालिबान लडाकूहरुको समूहले अफगानिस्तानमा अर्को एक प्रान्तीय राजधानी पनि कब्जा गरिएको दाबी गरेको छ । योसमेत गरी उनीहरुले अफागानिस्तानमा तेस्रो प्रान्तीय राजधानी कब्जा गरेका छन् । तर सो क्षेत्रमा तालिबानी र अफगान सेनाबीच भीषण भिडन्त भने …

तरुण विभाग विदेश समन्वय समितिको भर्चुअल मिटिङ सम्पन्न

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय तरुण विभाग विदेश समन्वय समितिको भर्चुअल मिटिङ सम्पन्न भएको छ ।  केन्द्रीय सदस्य एवं विदेश समन्वय संयोजक पासाङ नर्वु लामाको अध्यक्षतामा भएको कार्यक्रम केन्द्रीय सदस्य विदेश समन्वय सह–संयोजक शंकरप्रसाद न्यौपानेले सञ्चालन गरेका थिए । आईतवार विभिन्न …

पूर्वी जापानमा आँधी सुरक्षित स्थलमा जान आग्रह

टोकियो । देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ । चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । …

मलेसियामा कोरोनाका कारण बड्दो मृत्युदर

मलेसिया । मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको दैनिक सङ्ख्या फेरि उच्च भएको छ ।  सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा ३६० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या १० …

५५ प्रतिशतले घटे वैदेशिक रोजगारीमा जाने कामदार

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा जाने …

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया क्षेत्रीय सह-संयोजक (DRC) पदमा राईको उम्मेदवारी

मलेसिया । गैरआवासीय नेपाली संघ एनआरएनएको सन  २०२१-२०२३ कार्यकालका लागि एसिया क्षेत्रीय सह संयोजक ( DRC ) पदमा मलेसियाबाट विश्व राईले उम्मेदवारी दिने भएका छन । एसिया प्रशान्त क्षेत्रबाट संघको केन्दीय तहमा बलियो प्रतिनिधित्व गर्न मात्र नभई, यस क्षेत्रमा रहेका …

अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

एजेन्सी । अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिवान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् । अफगानिस्तानको …

सुडानका उपराष्ट्रपति माचरको दल र प्रतिद्वन्द्वी समूहबीच झडप हुँदा दर्जनौँको मृत्यु

सुडान । दक्षिण सुडानको नाइल क्षेत्रमा सरकारी सेना र यहाँका उपराष्ट्रपतिको दल र उहाँ विरोधी गुटहरूबीच शनिबार व्यापक झडपहरू भएका छन् । दक्षिण सुडानका उपराष्ट्रपति रिक माचरको ‘पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन’ (एसपिएलए–आइओ) का प्रतिद्वन्द्वी गुटहरूबीच भएका घातक लडाइँमा दुई उच्च सैनिक …