इरानका नयाँ राष्ट्रपतिद्वारा प्रस्तावित मन्त्रीहरूको नाम संसद्मा पेस

इरान । इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रायसीले आफूले मन्त्रीमा नियुक्त गर्न लागेका व्यक्तिहरूको नामावली संसद्मा पेस गर्नुभएको छ । राष्ट्रपतिले मन्त्री बनाउन चाहेको प्रस्ताव नामावलीसहित संसद्मा पेस गरी पारित गर्नुपर्ने भएकाले उहाँले नामावलीसहितको प्रस्ताव बुधबार संसद्मा पेस गर्नुभएको हो । …

अफगानिस्तानमा एकै दिनमा थप ४३९ लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानमा एकै दिनमा थप ४३९ विद्रोही लडाकू मारिएका छन् ।  सरकारी सुरक्षाकर्मीहरुको सुरक्षा कारबाहीका क्रममा अरू ७७ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको अफगानिस्तानी …

थप दुई नगरसँग भगिनी सम्बन्ध

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले थप दुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । कामपाले मङ्गलबार प्रदेश नं १ को पाख्रीबास नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासँग सम्बन्ध स्थापनामा हस्ताक्षर गरेको हो । समझदारीपत्रमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य तथा …

बेलायती प्रहरीले हटाइदियो आमरण अनशन स्थलको त्रिपाल

बेलायत। भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको हो । प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले …

रोहिंज्या शरणार्थीका लागि कोभिड–१९ खोप अभियान सुरु

बङ्गलादेश। कोरोनाभाइरस सङ्क्रमणको उच्च वृद्धिको सामना गरिरहेको बङ्गलादेशले मंगलबारदेखि उच्च जोखिमबीच शिविरहरूमा बसिरहेका रोहिंज्या शरणार्थीहरूलाई खोप अभियान सुरू गरेको छ । विकासोन्मुख दक्षिण एसियाली यस राष्ट्रमा म्यानमारबाट आई शरणार्थीका रूपमा बसिरहेका हजारौँ रोहिंज्या समुदाय कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिमबीच शिविरमा बस्दै …

अफगानिस्तानमा तालिबानले विभिन्न स्थानमा कब्जा जमाउँदै

काबुल। पछिल्ला केही सातायता अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा विजय हासिल गरेको भन्दै यहाँका सरकारी कार्यालय तथा विभिन्न प्रान्तकब्जा गरिरहेको बताएका छन् । उनीहरुका अनुसार हालसम्म अफगानिस्तानका तालिबानले छ प्रान्तीय राजधानी कब्जा जमाउन सफल भइसकेको विभिन्न समाचारमा जनाइएको छ । उनीहरुले …

दक्षिण चीनमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु

नानिङ। दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार रहेका थिए । समुद्रमा माछा …

नेपाली ट्रकका कथामा बन्यो अमेरिकामा फिल्म

वाशिङ्गटन डिसी। नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । “टयाटुड ट्रक्स अफ नेपाल- हर्न प्लिज” नाम दिइएको उक्त फिल्ममा …

ऊर्जामन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा राजदूत …

अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि कब्जा गरेको तालिबान विद्रोही लडाकूको दाबी

अफगानिस्तान। अफगानिस्तानमा सङ्घर्षरत तालिबान विद्रोही लडाकूहरुले अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् ।  उनीहरुले तखार प्रान्तको राजधानी तालुकान आइतबारदेखि नियन्त्रणमा लिएको दाबी गरेका हुन । अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि तालिबान विद्रोही लडाकूहरुले अफगानिस्तानमा आफ्ना गतिविधिहरुलाई तिव्र …