सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा ५ जना कारागार चलान

संगठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित ५ जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल बास्तोलाको एकल इजलासले …

चित्तलको मासुसहित ४ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले शनिबार चित्तलको मासुसहित चार जनालाई पक्राउ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको वटुकदल गण प्यारिधाप गुल्म र निकुञ्जको गस्ती टोलीले उनीहरुलाई राप्ती नगरपालिका–६ बाट पक्राउ गरेको हो ।   निकुञ्जका अनुसार पक्राउ पर्नेमा राप्ती–६ का …

बलात्कारको अभियोगमा पुजारी पक्राउ

बाँकेको डुडुवा गाउँपालिका-५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर (पुजारी) बलात्कारको अभियोगमा पक्राउ परेका छन् । हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी नजिर मोहम्मद साईले झारफूक गर्ने बहानामा दुई महिलालाई बलात्कार …

सकेट बमसहित विप्वलका कार्यकर्ता पक्राउ

जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले नेक्रविक्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ। शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। शिक्षकलाई बाहुनतिल्पुङबाट अपहरण गरेपछि ती कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। महिलालाई दुई सकेटबम र एउटा …

मोरङमा युवाहरूबीच खुकुरी हानाहान: एकको मृत्यु, चार घाइते

मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच झडप हुंँदा एक जनाको मृत्यु हुनाका साथै चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार अपराह्न १ बजे बेलबारी –५ कसेनी लोहन्द्रा पुलमा सोही स्थान बस्ने ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय …

सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा ४ युवा पक्राउ

पृथ्वी राजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा ४ युवा पक्राउ परेका छन् । ना५ख १६५० नम्बरको ट्रकमा बुधवार राति ढुंगामूढा गरी चालकलाई हातपात गरेको अभियोगमा प्रहरीले ४ युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दे …

लागूऔषध कारोबार अभियोगमा २ जना पक्राउ

रुकुमपश्चिममा २ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट प्रहरीले गोली प्रहार गरी २ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोबारी भाग्न खोजेपछि …

कार्यालय सहयोगी समेत भ्रष्टाचारमा लिप्त, अख्तियारद्वारा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित कार्यरत कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र महेन्द्रप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरुविरुद्ध चार लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो। विमानस्थल निर्माणका लागि आबस्यक …

कर्णालीमा ९ फरार अभियुक्त पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा ९ फरार अभियुक्त पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत निर्देशनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिखित बेइज्जतीमा ३ हजार जरिवानासहित १ र जिल्ला प्रहरी कार्यालय कालीकोटबाट चौपाया चोरी …

तारकेश्वर लोलाङ हाइटबाट अफिमसहित दुई जना पक्राउ

प्रहरीले प्रतिबन्धित लागूपदार्थ अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर लोलाङ हाइटबाट त्रिवेणी नगरपालिका–१, जाजरकोटका २२ वर्षीय दिलिप विश्वकर्मा र दोलखाको भीमेश्वर नगरपालिका–६ की १८ वर्षीय प्रमिला राउतलाई साढे ६ केजी अफिमसहित पक्राउ गरेको …