तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच झडप हुंँदा एक जनाको मृत्यु हुनाका साथै चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार अपराह्न १ बजे बेलबारी –५ कसेनी लोहन्द्रा पुलमा सोही स्थान बस्ने ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ र ३२ वर्षीय सन्तोष मगर तथा सोही स्थान बस्ने ४२ वर्षीय सईकुमार राई, ३५ वर्षीय समुद्र राई र १६ वर्षीय गौरव राईलगायतबीच सामान्य वादविवाद हुँदा खुकुरी प्रहारबाट घाइते भएका ४० वर्षीय चन्द्रकुमार राईको उपचारका क्रममा मृत्यु भएको छ।

खुकुरी प्रहारबाट घाइते उनको विराट शिक्षण अस्पताल बूढीगङ्गामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।

घाइते सईकुमार, समुद्र र गौरव राईको सोही अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने समूहका जितेनसमेत घाइते भएकामा विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। झगडामा संलग्न अन्य तीन जना फरार रहेकामा खोजतलास भइरहेको छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …