तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

प्रहरीले प्रतिबन्धित लागूपदार्थ अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर लोलाङ हाइटबाट त्रिवेणी नगरपालिका–१, जाजरकोटका २२ वर्षीय दिलिप विश्वकर्मा र दोलखाको भीमेश्वर नगरपालिका–६ की १८ वर्षीय प्रमिला राउतलाई साढे ६ केजी अफिमसहित पक्राउ गरेको हो ।

बरामद अफिम जाजरकोटबाटै प्रतिकेजी १ लाख ५० हजारका दरले किनेर ल्याएको पनि खुलेको छ । काठमाडौंमा ल्याएर ८ लाख प्रतिकेजीका दरले अफिम विक्री गर्न लागिएको अवस्थामा प्रहरीले सूचना पाएको थियो ।

पक्राउ परेका विक मूख्य अभियुक्त रहेको र उनले कारोबारमा संका हुने देखेर बच्न राउतलाई साथमा लिएको प्रहरीको आशंका छ । राउतले विकलाई आफूले तिहारमा टिका लगाइदिने गरेको पनि बताएकी छन् । अफिम खरिद गर्न आउने अर्को गिरोह भएकोले त्यसको खोजी भइरहेको महाशाखा प्रमुख एसएसपी दिपक थापाले बताए ।

बरामद अफिम हेरोइन बनाउन ल्याइएको पनि अनुसन्धानमा संलग्न अधिकारीले बताए । अफिमको चोप संकलन गरेर ल्याइएको पदार्थ प्रशोधन गर्दा हेरोइन बन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …