• मङ्गलबार, फाल्गुण-२५,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 27
    Shares
आगमनखबर संवाददाता

संगठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित ५ जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल बास्तोलाको एकल इजलासले मुद्दामा थुनछेक आदेश गर्दै चोरीका मोटरसाइकल र स्कुटरका नक्कली कागजात बनाई बेचबिखन गिरोहमा संलग्न कम्प्युटर अपरेटर रानासहित ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्याय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले मुद्दाका ५ जना पुर्पक्षका लागि कारागार चलान गरिएको बताउँदै १० जना धरौटीमा रिहा भएको जानकारी दिए ।

उनका अनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा यातायात कार्यालय कैलालीका कम्प्युटर अपरेटर जितेन्द्र राना, कञ्चनपुरको लालझाँडी गाउँपालिकाका रामनिवास राना, शुक्लाफाँटा नगरपालिकाका श्यामकुमार राना, बेदकोट नगरपालिका–६ का हरेन्द्र राना र बेदकोट नगरपालिका–१० का सुवेश राना रहेका छन् । ‘अन्य १० जना ६० हजारदेखि ३ लाख रुपैयाँसम्म धरौटीमा रिहा भएका छन्,’ प्रवक्ता थापाले भने, ‘सोही घटनामा पक्राउ परेका यातायात कार्यालय कैलालीका कार्यालय सहयोगी गणेश भट्टराई डेढ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गत असार १५ गते १२ थान मोटसाइकल र कैलाली यातायात कार्यालयमा दर्ता देखाइएका १२ थान ब्लुबुकसहित अभियुक्तहरू सार्वजनिक गरेको थियो । अभियुक्तले चोरीका सवारीसाधनलाई वैध बनाउन विभिन्न सरकारी कागजात कीर्ते गर्नुका साथै मोटरसाइकल ग्रामीण बस्तीमा किनबेच गर्दै आएका थिए ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

चिन्ता, चिन्तन र निवारण

चिन्ता, चिन्तन र निवारण
पत्रपत्रिका

सर्वोच्चले पुर्‍याइदियो नेकपालाई करिब ३ वर्षपछाडिको अवस्थामा

मागदाबी नै नगरिएको विषयमा फैसला काठमाडौँ। एकैखाले नाम भएका दुई दलबीचको विवाद निरूपणका क्रममा दल दर्ता प्रक्रिया नै निस्तेज हुने गरी सर्वोच्च अदालतले विवादास्पद फैसला …

नेकपामा संकटको अर्को चरण

सर्वोच्चको फैसलाले ओली सरकार र एकीकरणपछिको नेकपाको अस्तित्वलाई एकै पटक संकटमा पारेको छ, सबैभन्दा अप्ठ्यारोमा नेपाल र उनको समूहका सांसद छन् । अहिले हामी दलविहीन …

महिला अधिकार कार्यान्वयनमा चुनौती

काठमाडौँ । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै व्यवस्था गरेका महिलाका हक अधिकार कार्यान्वयनमा आउन सकेका छैनन् । …

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई, कसरी ब्युतिएला नेकपा एमाले र माओवादी केन्द्र ?

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको नामको विवादलाई लिएर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युताइदिएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट …