ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई मजबुद बनाउने उपराष्ट्रपतिको विश्वास

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ ।   महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९ का अवसरमा आज शुभकामना दिँदै उहाँले ग्याल्पो …

सरकार अल्पसङ्ख्यक र सिमान्तकृतका अधिकारलाई सुनिश्चित गर्न क्रियाशील छ : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका …

युक्रेन- रुस उत्पन्न तनाव कम गर्न शान्तिपूर्ण वार्ताको माध्यम अपनाउन नेपालको आग्रह

वाशिङ्गटन डिसी ।  गएको करिब हप्ता दिनदेखि युक्रेनमा जारी रहेको तनाव कम गर्नका लागि कूटनीतिक पहल गर्न नेपालले आग्रह गरेको छ । युक्रेनमा रुसले गरिरहेको आक्रमणका कारण उत्पन्न तनाव कम गर्न शान्तिपूर्ण वार्ताको माध्यम अपनाउन नेपालले आग्रह गरेको हो ।  …

फागुन २२ गते बोलाइएको संसद् बैठकमा महाभियोगबारे छलफल हुने

काठमाडौं । कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थानुसार प्रस्ताव अघि बढ्ने …

मुलुकभर बिहीबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।  “फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल …

महाशिवरात्रि पर्वमा इशानेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो

मनाङ। महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । शिवालय क्षेत्र आज भरिभराउ छन् । विगतमा कोभिड–१९ को कहरका कारण खुलारूपमा मठमन्दिरमा पूजाअर्चना गर्न सकिएको थिएन तर यस वर्ष कोभिड सङ्क्रमण केही न्यूनीकरण भएकाले शिवालयमा पुगेर पूजाआराधना …

यूक्रेनमा दश लाख व्यक्ति विस्थापित

स्टकहोल्म। रुसी आक्रमणबाट यूक्रेनमा झण्डै एक लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले मङ्गलबार जनाएको छ । विस्थापितमध्ये लाखौँ मानिसहरू यूरोपतर्फ शरणार्थीका रूपमा पलायन भएका बताइएको छ । “छिमेकी देशहरूमा भाग्नेहरूको सङ्ख्यालाई बढी ध्यान दिइएको छ, तर यो सम्झनु …

राष्ट्रपति जेलेन्स्कीद्वारा यूरोपेली संसदको विशेष बैठकलाई सम्बोधन

ब्रसेल्स। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताउनुभएको छ । उहाँले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताउनुभयो र भन्नुभयो, “यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका …

रानीपोखरी सर्वसाधारणका लागि खुला

भक्तपुर। भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले ‘जीर्णोद्वार’ पुस्तक पनि सार्वजनिक गर्नुभयो । अध्यक्ष बिजुक्छेँले …

पाटन प्रिमियर लिग : तीन टोली सेमिफाइनलमा

बैतडी। बैतडीको पाटनमा जारी पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत सेमिफाइनल पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । आयोजक पाटन क्रिकेट क्लब, पाटन क्रिकेट एकेडेमी र कैलपाल क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् । सेमिफाइनल पुग्ने चौथो टोलीको टुङ्गो बुधबार लाग्ने …