तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बैतडी। बैतडीको पाटनमा जारी पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत सेमिफाइनल पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । आयोजक पाटन क्रिकेट क्लब, पाटन क्रिकेट एकेडेमी र कैलपाल क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

सेमिफाइनल पुग्ने चौथो टोलीको टुङ्गो बुधबार लाग्ने स्कोरर किरन चन्द जानकारी दिनुभयो । पाटन क्रिकेट क्लबको आयोजनामा श्रीकृष्ण माविको खेलमैदानमा यही फागुन १३ गतेदेखि उक्त प्रतियोगिता सुरु भएको छ । पन्ध्र टोली सहभागी प्रतियोगिताको फाइनल खेल फागुन २० गते हुनेछ ।

विजेताले रु ५५ हजार ५५५ र उपविजेताले रु २२ हजार २२२ नगखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक खेमराज अवस्थीले बताउनुभयो । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु तीन हजार ३३३, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई समान रु एक हजार १११ प्रदान गरिने छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …