• आईतबार, माघ-९,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

यस्तो छ पछिल्लो २४ घण्टाको कोरोना अपडेट

काठमाडौं । बितेका २४ घण्टामा १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका …

तनहुँका अधिकांश स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भएपछि सेवा बन्द

तनहुँ । तनहुँमा ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उहाँहरुलाई  कोरोना पुष्टि भएको हो । भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई  सङ्क्रमण पुष्टि भएको छ । तीन चिकित्सक सहित …

अकला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अकला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभएको छ ।  तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकला मन्दिरको आज दर्शन तथा निरीक्षणपछि मुख्यमन्त्री पोखरेलले यस ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेकाले यसको विकासका …

आइतबार देशभरका अदालतमा शोक बिदा

काठमाडौं । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च, उच्च र जिल्ला, विशेष …

वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

काठमाडौँ । महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको …

पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा सङ्क्रमण पुष्टि , १६ को निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५४  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार १८७ परीक्षण गर्दा १० हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको …

उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

काठमाडौं । कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी …

कडा साइबर सुरक्षा ऐनको माग

काठमाडौं  । नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन÷नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने माग गरेको छ । प्राधिकरणले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै दिनहुँ साइबर सुरक्षामा जोखिम बढिरहेको, सामाजिक सञ्जालमार्फत हुने गैरकानुनी …

सत्ता गठबन्धन बैठकः पहिले स्थानीय तहकै निर्वाचन

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । तर, स्थानीय तहको म्याद सकिने मिति’bout भने गठबन्धन आबद्ध दल विभाजित बनेका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ …

२४ घण्टामा ८ हजार ८१५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार ८१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ६१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार …