तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा । अठार वर्षमाथिका ९९ प्रतिशतले कोभिड– १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जिल्लामा खोपका लागि अठार वर्ष उमेर समूहभन्दा माथिको लक्षित सङ्ख्या एक लाख ६३ हजार ८४० मध्ये एक लाख ६२ हजार ३८२ जनाले पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो ।

जिल्लामा गत शुक्रबारसम्म एक लाख १९ हजार ७८५ जनाले कोभिड– १९ विरुद्धको दोस्रो मात्रा लगाइसकेका छन् । एघार पालिकामध्ये सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा ३९ हजार ४५५ जनाले पहिलो मात्रा लगाएका हुन् । वालिङ नगरपालिकामा २८ हजार १७, गल्याङ नगरपालिकामा १८ हजार ८३, चापाकोट नगरपालिकामा १२ हजार ६३४ र भीरकोट नगरपालिकामा ११ हजार ८९७ जनाले पहिलो मात्रा लगाएका छन् ।

 त्यस्तैगरी कालीगण्डकी गाउँपालिकामा १० हजार ८२६, बिरुवा गाउँपालिकामा दश हजार ३१६, हरिनास गाउँपालिकामा आठ हजार १००, आँधीखोला गाउँपालिकामा सात हजार ८३१, फेदीखोला गाउँपालिकामा सात हजार ६१४ र अर्जुनचौपारी गाउँपालिकामा सात हजार ५८२ जनाले पहिलो मात्रा लगाएका छन् । दोस्रो मात्रा लगाउनेमा सबैभन्दा धेरै (२४ हजार ५१० जना) वालिङका नगरपालिकाका छन् । 

पुतलीबजारका २४ हजार १३७, भीरकोटका  १२ हजार १०२, चापाकोटका  नौ हजार ५७, गल्याङका आठ हजार ७३४ जनाले पनि दोस्रो मात्रा लगाएका छन् । त्यस्तै कालीगण्डकीका दश हजार २०७, बिरुवाका आठ हजार ३१०, अर्जुनचौपारीका ७ हजार २४१, आँधीखोलाका छ हजार ५५९, फेदीखोलाका छ हजार ३१९ र हरिनासका दुई हजार ६०९ जनाले खोपको दोस्रो मात्रा पनि पूरा गरिसकेका छन् ।जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सबैभन्दा धेरै खोप भेरोसिल लगाइएको प्रमुख शर्माले बताउनुभयो । कोभिसिल्ड, एस्ट्राजेनेका, जोनसोन एण्ड जोनसोन खोप पनि लगाइएको छ ।

“अठार वर्ष उमेर समूहभन्दा माथिका ९९ प्रतिशत नागरिकलाई पहिलो मात्रा खोप लगाइसकेका छौं” प्रमुख शर्माले भन्नुभयो, “दोस्रो मात्रा पनि धेरैले लगाइसकेका र बाँकीलाई लगाउने तयारी भइरहेको छ ।”अठार वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाइसकेकाले अब आजदेखि जिल्लामा मोर्डना खोप लगाउन सुरु गरिने उहाँले  जानकारी दिनुभयो । प्रमुख शर्माका अनुसार १२ वर्षदेखि १७ वर्ष उमेर समूहका करिब २९ हजार बालबालिकालाई खोप लगाउने गरी तयारी भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …