तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । यही पुस ४ गतेदेखि १४ गतेसम्म १२ देखि १७ वर्ष उमेर सम्मका बालबालिकालाई पहिलो मात्राको मोडर्ना खोप दिइने भएको छ । 

दोश्रो मात्रा भने माघ २ गतेदेखि १२ गतेसम्म दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ११ जिल्ला, प्रदेश २ मा ५ जिल्ला, बागमती प्रदेशमा ७ जिल्ला, गण्डकी प्रदेशमा ९ जिल्ला, लुम्बिनी प्रदेशमा ९ जिल्ला, कर्णाली प्रदेशमा ९ जिल्ला र सुदुरपश्चिम प्रदेशमा ७ जिल्लामा यो खोप दिइने भएको हो ।

विद्यालयमा नै खोप केन्द्र राखी बालबालिकालाई खोप दिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले यो अभियान विद्यालयस्तरमा हुने भएकाले आफ्ना बालबालिकाको खोप लगाउने विषयमा सम्बन्धित विद्यालयमा सम्पर्क गर्न आग्रह गरे ।

८ जिल्लामा पुस १३ देखि फाइजर खोप दिइँदै

यसैगरी यसअघि १२ वर्षमाथिका दीर्घ रोगीहरूका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा फाइजर खोप दिइँदैछ ।

बागमतीका ६ जिल्ला, कर्णालीको १ र सुदूरपश्चिमको १ गरी ८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा दिइँदैछ भने बाँकी १२ जिल्लामा खोप सञ्चालनको लागि मिति पछि निर्धारण गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुलीमा खोप दिइँदैछ भने सुदूरपश्चिम प्रदेशमा डडेलधुरा र कर्णाली प्रदेशमा सुर्खेतमा खोप दिइने भएको छ । साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा भने केहीपछि खोप अभियान मिति सार्वजनिक गरिने बताइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …