तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यहाँस्थित अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)का प्रमुख लोरेना ल्याण्डोसँग वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्नुभएको छ । 

आईएओएम प्रमुखसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा वैदेशिक रोजगारीबाट नेपाल फर्केका नेपालीले सिकेको सीपको सदुपयोग र पुँजी परिचालनका लागि मन्त्रायलले गरेका प्रयासबारे जानकारी दिँदै उहाँले अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले भोगेका समस्या समाधानका लागि आईओएम नेपालले गरेको योगदानको सराहना गर्नुभयो । 

सुरक्षित आप्रवासन, अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले सुरक्षित एवं मर्यादित काम पाउने, शोषणलगायत अवाञ्छित गतिविधि हुन नदिनेलगायत विषयमा रणनीतिक अवधारणा बनाएर मन्त्रालय र आईओएमबीच साझेदारी हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै बैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम उपयोग गर्ने सरकारको नीति रहेको बताउनुभएको थियो । आईओएम प्रमुख ल्याण्डोले पनि विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधानमा सहजकर्ताको भूमिका निर्वाह गर्न, नीतिगत एवं प्राविधिक पक्षमा सुझाव दिन सङ्गठन तत्पर रहेको बताउनुभएको थियो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …