तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कन्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारीमा रहेको आयुर्वेद औषधालयबाट चालू आवको चार महिनाको अवधिमै एक हजार ५२२ जनाले निःशुल्क सेवा लिएका छन् । 

गत साउनमा ४२४, भदौ ३७६, असोजमा ३८० कात्तिक महिनामा ३४२ जनाले आयुर्वेद औषधालयबाट निः शुल्क औषधिसँगै उपचार पाएका हुन । औषधालयबाट ३० प्रकारका रोगको औषधि बिरामीलाई उपलव्ध गराउँदै आएको औषधालयका कविराज जयराम शाहले जानकारीदिनुभयो  । कोरोनाको महामारी फैलिएपछि आयुर्वेदिक औषधिको प्रयोग गर्ने बिरामीको सङ्ख्यामा वृद्धि हुँदैगएको उहाँले बताउनुभयो । 

“स्वास्थ्यवद्र्धक र रोगप्रतिरोधी औषधिको माग बढ्दै गएको छ” उहाँले भन्नुभयो, “नगर प्रमुखदेखि प्रमुख प्रशासकीय अधिकृस्तर अन्य कर्मचारीलेसमेत औषधालयबाट निःशुल्क उपलब्ध हुने औषधिको प्रयोगमा जोड दिँदै आएका छन ।”

कोरोनाको सङ्क्रमण अघिसम्म थोरै मात्रै बिरामी आयुर्वेदिक औषधलयमा उपचारका लागि पुग्ने गरेको उहाँले बताउनुभयो । “हाल बिरामीले आयुर्वेदिक औषधिको महत्व बुझ्दै जान थालेपछि औषधिको पु¥याउनै मुस्किल हुन थालेको छ” कविराज शाहले भन्नुभयो, “बिरामीको चापसमेत थेग्नै नसक्ने गरी बढेको छ ।” सरकारी आयुर्वेदिक औषधि उपलव्ध गराउने र उपचार गर्ने एक मात्रै औषधालय भएकाले पनि बिरामीको चाप बढेको उहाँको भनाइ छ ।

उहाँका अनुसार आव २०७७÷७८ को असार मसान्तसम्म औषधालयबाट चार हजार ४७६ बिरामीले सेवा पाएका छन । जसमध्ये सबै भन्दा बढी वातव्याधिका एक हजार ३८४, अम्लपित्तका ७४८, स्वासप्रश्वास सम्बन्धिका ४३७, गुदविकारका २१५, स्त्रीरोगका ११३, उदररोगका २५६ जनाले सेवा पाएका छन् ।

 यी रोगसँगै ज्वर, श्वसन विकार अतिसार, प्रमेह, कामला, पाण्डु, हृदयसम्बन्धी, रक्तचाप, सोथ, कृमि, छालारोग, आघातज, आमवात, वातरक्त, रक्तविकार, मुत्रविकार, प्रसूति विकार, नेत्ररोग, कर्ण, नशा, मुख, दन्त, कण्ठ रोग, शिरोरोग, बालरोग, जराजन्यसम्बन्धी बिरामीलाईसमेत औषधालयबाट लाभान्वित भएका छन् । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …