तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बाग्लुङ । गलकोट नगरपालिका–७ मल्ममा दुई दिनसम्म चलेको जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट सर्वसाधारणले लाभ उठाएका छन् । 

‘अपनाऔँ आयुर्वेदीय जीवनशैली र दैनिक ४८ मिनेट योग, रहौँ स्वस्थ, रोकथाम तथा नियन्त्रण हुन्छ रोग’ नारासहित सञ्चालित प्रशिक्षणमा एक सयभन्दा बढी सहभागी थिए । स्थानीय घुम्टे युवा परिवारसँगको सहकार्यमा धवलागिरि आयुर्वेद औषधालयले आयोजना गरेको उक्त प्रशिक्षणमा औषधालयका आयुर्वेद चिकित्सक एवं योग प्रशिक्षक सरोजकुमार रायले योग र ध्यानका बारेमा प्रशिक्षित गर्नुभएको थियो । 

रायले योगका विभिन्न आसनको अभ्यास र विधि सिकाउनुभएको थियो । सो अवसरमा चिकित्सक रायले शारीरिक र मानसिक दृष्टिबाट मानिस स्वस्थ रहन योग विज्ञान फलदायी रहेको बताउनुभयो । मन, आत्मा र शरीरलाई योग, ध्यान र साधनाका माध्यमबाट जोड्न सके मात्र मानव जीवन स्वस्थ, खुशी र आनन्दमयी बन्ने उहाँको भनाइ थियो । 

प्रशिक्षणमा ज्येष्ठ नागरिक बढी सहभागी थिए । सहभागीलाई उच्च रक्तचाप, मधुमेह र बाथरोगमा प्रयोग हुने आयुर्वेदिक औषधिसमेत वितरण गरिएको थियो । पछिल्लो समय खानपान, तनाव, चिन्ता इत्यादि कारणले मानिसमा शारीरिक तथा मानसिक स्वास्थ्यको समस्या बढ्दै गएकाले त्यसको न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले योग प्रशिक्षण दिइएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले बताउनुभयो । 

प्रशिक्षण शिविरका लागि संस्थाका पूर्वउपाध्यक्ष एवं नेपाल भलिबल सङ्घ जापानका सदस्य तुलवीर थापाले आर्थिक सहयोग गर्नुभएको थियो । योगसँगै आयुर्वेद चिकित्साको महत्वबारे सर्वसाधारणलाई बुझाउन प्रशिक्षणलाई अभियानकै रूपमा जिल्लाभर सञ्चालन गर्ने योजना रहेको औषधालय व्यवस्थापन समितिका सदस्य ललिता थापाले बताउनुभयो । प्रशिक्षणका लागि वडा कार्यालयले स्थानीयरूपमा समन्वय गरेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …