तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटाङलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्राप्त भएको छ।

नेपाली कांग्रेस खोटाङका महासमिति सदस्य तथा युवा नेता रविप्रकास राई र महासमिति सदस्य तथा संविधानसभा सदस्य सरस्वती वजिमयको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट ठुलो मात्रामा स्वास्थ्य सामग्री प्राप्त भएको हो।

जिल्लामा कोरोना संक्रमण दिनानुदिन बढिरहेको समस्यालाई मध्धेनजर गर्दै महासमिति सदस्य राई, संविधानसभा सदस्य वजिमय, महासमिति सदस्य कमला राई, क्षेत्र नं. २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराई, जिल्ला सदस्य राजेन्द्र राई लगायतका नेता कार्यकर्ताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग स्वास्थ्य सामग्री माग गरेपछि मन्त्री श्रेष्ठले स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको कांग्रेस महासमिति सदस्य राईले जानकारी दिनुभयो।

मन्त्रालयले गाउन सेट सात सय थान, सुज कभर तीन सय वटा, डेथ बडी ब्याग ५० थान, फेस शिल्ड तीन सय वटा, ह्याण्ड स्यानिटाइजर(एक हजार लिटरको) २५ जार, ग्लोब्स पाँच सय वटा, मास्क आठ हजार वटा, एन ९५ मास्क पाँच सय वटा, सर्जिकल क्याप तीन सय वटा, पल्स अक्सिमिटर ५० वटा, अक्सिजन सिलिण्डर(५०लिटरको) २५ वटा, नशल अक्सिजन ट्युब एक सय वटा र एन्टीजेन किट दश हजार वटा उपलब्ध गराएको छ ।

प्राप्त स्वास्थ्य सामग्री बुधबार जिल्ला अस्पतालको प्राङगणमा एक कार्यक्रम गरी महासमिति सदस्य राई र संविधानसभा सदस्य वजिमयले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देललाई हस्तान्तरण गर्नुभएको छ। जिल्ला आईपुगेको स्वास्थ्य सामग्रीहरु दुई नगरपालिका, आठ गाउँपालिकाकामा पु¥याईदिन महासमिति सदस्य राईले आग्रह गर्नुभएको छ।

यस्तै, संविधानसभा सदस्य वजिमयले जिल्लाका लागि धेरैभन्दा धेरै कोभिड खोप उपलब्ध गराईदिन मन्त्री श्रेष्ठलाई आग्रह गरेको बताउनुभयो। एकवटा एक्सरे मेशिन पनि उपलब्ध गराउने मन्त्री श्रेष्ठले प्रतिबद्दता जनाउनु भएको वजिमयले बताउनुभयो । करीव ३ करोड मुल्यको स्वास्थ्य सामग्रीको प्राप्त भएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

काठमाण्डौवाट जिल्ला अस्पतालसम्म स्वास्थ्य सामग्री ल्याउनका लागि ढुवानी खर्च रु २२ हजार युवा व्यावसायी तथा नेपाल तरुण दल खोटाङका अध्यक्ष भिषण राईले व्यहोरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …