तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले रेडियोलोजी तथा इमेजिङ क्षेत्रको समस्या समाधान गर्न सरकार प्रयासरत रहने बताउनुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार नेपाल रेडियोलोजिकल सोसाइटीको ध्यानाकर्षणपत्र बुझ्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । जनस्वास्थ्यसँग सम्बन्धित विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले रेडियोलोजी र इमेजिङ क्षेत्रको समस्यालाई समाधान गरिने बताउनुभयो ।

रेडियोलोजी तथा इमेजिङ क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको छाता सङ्गठन नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय रेडियोलोजी एण्ड इमेजिङ सेन्टर स्थापनाको मागसहित प्रधानमन्त्री देउवासमक्ष ध्यानाकर्षणपत्र बुझाएको हो ।

स्वास्थ्य क्षेत्रअन्तर्गत रेडियोलोजी र इमेजिङ क्षेत्रले विविध समस्याको सामना गर्न परिरहेको बताउँदै सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले यस क्षेत्रको समस्या र यसमा कार्यरत हजारौँ स्वास्थ्यकर्मीलाई सम्बोधन गर्न सेन्टर स्थापनाको मागसहित प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको बताउनुभयो ।

“प्रधानमन्त्रीले माग जायज छ, अब यस क्षेत्रलाई बेवास्ता गरिँदैन, सरकारले प्राथमिकतापूर्वक समस्या समाधान गर्ने बताउनुभयो”, अध्यक्ष झाले भन्नुभयो– “छुट्टै सेन्टर स्थापना भएपछि यस क्षेत्रका समस्या समाधान हुनसक्छ ।”

सोसाइटीले सरकारी, गैरसरकारी तथा विभिन्न अस्पतालमा कार्यरत एउटै रेडियोग्राफी २४सै घण्टा बिनाकुनै प्रोत्साहन वा सुविधा काम गरिरहेको उल्लेख गर्दै यस क्षेत्रको नियमनका लागि सम्बन्धित विज्ञसहितको छुट्टै संरचना बनाउनुपर्नेलगायतका विविध माग सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेको छ । गोरखापत्र दैनिकमा खबर छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …