तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका आठ सामुदायिक विद्यालयका कम्तीमा पनि आठ सय ५१ विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको छ । गुडनेवर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा उक्त वडामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजनाअन्तर्गत बालविकासका विकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने कम्तीमा पनि आठ सय ५१ विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिनुभयो ।

कोभिड–१९ को समयमा विद्यालय बन्द रहेका र विद्यार्थीले नयाँ पाठ्यपुस्तक वितरण भए पनि औपचारिक रुपमा कक्षा सञ्चालन नभएकाले उनीहरुको सिकाइ निरन्तरका लागि उक्त सामग्री वितरण गरिएको संस्थाका शिक्षा विकास अधिकृत एकराज बडूले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीको त्रासले विद्यालय खुलेका छैनन्, विद्यार्थीहरुले पनि पढ्न नपाएका कारण हामीले पढाइमा सहज होस् भनेर स्वअध्ययन सामग्री वितरण गरेका छौँ, जसले गर्दा बालबालिकालाई पढाइमा सहज हुनेछ ।”

संस्थाले वितरण गरेका स्वअध्ययन सामग्रीमा किताब, पेन्सिल, इरेजर, कलर पेनसिल, सार्पनरलगायत शैक्षिक सामग्री रहेको संस्थाले जनाएको छ । विद्यालय बन्द भएको समयमा अभिभावकको सहयोगमा विद्यार्थीले घरमा नै अध्ययन गर्न मिल्ने भएकाले ती स्वअध्ययन सामग्री विद्यार्थीका लागि निकै उपयोगी सामग्री रहेको वडा नं ७ का वडाध्यक्ष प्रकाश साउदले बताउनुभयो। रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …