तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कलेजोमा हुने सरुवा रोग हेपाटाइटिस प्रायःजसो भाइरस (विषाणु)बाट हुने गर्छ । हेपाटाइटिस रोग लगाउने विभिन्न थरीका भाइरस भए तापनि लक्षण समान प्रकारका देखिन्छन् तर रोग सर्ने तरिका, रोगको असर, व्यापकता, रोगको विज्ञान तथा विकास, रोगको प्रतिरोधकता तथा रोगको रोकथाम र नियन्त्रण गर्ने तरिका फरकफरक हुन्छन् । सामान्य भाषामा यसलाई जन्डिस भनेर चिनिन्छ तर जन्डिस कलेजोमा असर परेको लक्षण वा चिह्न मात्र हो ।

यस्तो भएमा हेपाटाइटिस हुन सक्छ ? 

हेपाटाइटिस भएमा थकान वा आलस्यपन, खानामा रुचि नहुने, मन्द ज्वरो आउने, स्वाद र बास्नामा फरक महसुस हुने, जिउ वा जोर्नी दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, पेटको माथिल्लो भागको दाहिनेतिर दुख्ने, पखाला लाग्ने, दिसा सेतो हुने हुुन्छ । त्यसैगरी पिसाब गाढा हुने, जिउ चिलाउने, आँखा वा छाला पहेंलो हुने (जन्डिस) र धेरैलाई मामुली रुघाखोकी ज्वरो जस्तो हुने गर्छ । यसका साथै, चुरोट र रक्सीको बास्ना बेस्वादिलो हुने, मन नपर्ने र खाना पकाउँदा खासगरी भुटनको बास्ना खप्न नसक्ने हुन्छ ।

हेपाटाइटिस रोग उत्पन्न गर्ने मुख्य भाइरसमा हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, ‘इ’ र ‘जी’ छन् र अन्यमा केमिकल्स, (विशेष च्याउ, कार्बन टेट्राक्लोराइड) कलेजोलाई खराब गर्ने औषधि (जस्तै टीबीमा प्रयोग गर्ने), अत्यधिक रक्सी सेवन तथा अन्य भाइरस (साइटो मेगालो, इपस्टन बार, हर्पिस सिम्प्लेक्स र एलो फिवर) पर्छन् । भाइरसबाट हुने हेपाटाइटिसमध्ये नेपालमा हेपाटाइटिस ‘ए’, ‘बी’, नन् बी (‘सी’) तथा नन् ए (‘इ’) को प्रकोप ज्यादा छ । डी र जी भाइरसको प्रकोप नेपालमा छैन । रगतको माध्यमबाट सर्ने बी, सी, डी र जी पर्दछन् भने अन्य भाइरस फिकोओरल अर्थात् दिसाबाट सर्छन् ।

सामान्य भाषामा जन्डिस भनेर चिनिने हेपाटाइटिस रोगले कलेजोमा असर पु-याउँछ

हेपाटाइटिस ‘ए’ 

हेपाटाइटिस ‘ए’ भाइरसले लगाउने कलेजोसम्बन्धी रोग हेपाटाइटिस ‘ए’ हो । संक्रमित व्यक्तिको दिसामा पाइने विषाणु चर्पी बसिसकेपछि साबुन पानीले हात नधोएमा, हातबाट खाना वा पानी संक्रमित भई अन्यमा सर्छ, सँगै बस्नाले सर्दैन । उपत्यकाका युवामा बढी मात्रामा देखिने हेपाटाइटिस ‘ए’ र ‘इ’बाट २०—२५ वर्षका क्याम्पसका विद्यार्थी शुद्ध पानीको अभाव, घरबाहिर खाने र सामूहिक शौचालयको प्रयोगले पीडित हुन्छन् । विकासशील राष्ट्रका बच्चा तथा युवामा बढी र वयस्कमा कमै मात्रामा देखिने हेपाटाइटिस ‘ए’ रोग प्रदूषित पानी तथा खानाको माध्यमबाट सर्ने गर्छ । मानिसबाट मानिसमा यो रोग दिशाबाट प्रदूषित खाना जस्तै काँचो तथा राम्ररी नपाकेको खाना खानाले सर्छ ।

लक्षण 

हेपाटाइटिस ‘ए’ भाइरस शरीरमा प्रवेश गरेको १५ देखि ५० दिनमा औसत चार हप्तामा लक्षण देखिन्छन् । साधारणतया यस रोगको अवधि १ देखि २ हप्तासम्मको भए पनि कहिलेकाहिँ महिनौंसम्म लम्बिन सक्छ ।

पहिलो अवस्थाः

(जन्डिस देखापर्नुभन्दा पहिलेको अवस्था)ः सुरुमा ज्वरो आउने, कमजोरी हुने, खान मन नलाग्ने, शरीर गलेजस्तो हुने, टाउको दुख्ने, वाकवाकी लाग्ने, पेटको दाया भाग दुख्ने, कहिलेकाहीँ वान्ता हुने, पेटमा गडबडी हुने र चुरोटका अम्मलीलाई चुरोट पिउने रुचिसम्म नहुने हुन्छ ।

दोस्रो अवस्था (रोगीको आँखा र शरीर पहेंलो हुने अवस्था):

केही दिन वा एक साता पछि जन्डिसको लक्षण देखिन्छ । र सातदेखि १० दिनसम्म रहन्छ । यसमा आँखा, नङ पहेंलो हुने, पिसाब गाढा पहेंलो हुने, कसैकसैमा शरीर पहेंलो हुने, शरीर चिलाउने, बान्ता आउने, तौल घट्दै जाने, पेटको माथिल्लो दायाँ भाग दुख्ने, खानाको स्वाद नहुने ज्वरो, जन्डिस र चिलाउने साधारणतया पित्तको नलीमा ढुंगा भएमा पनि देखिने भएकाले झुक्किन सक्छ । चुरोट खानेलाई चुरोट खान पनि मन नलाग्ने । जन्डिस देखिएपछि पहिलो अवस्थाका लक्षण हराउँछन् ।

तेस्रो अवस्था (रोग निको हुन लागेको अवस्था)ः बिरामीले कमजोरीको अलावा केही लक्षण तथा चिह्न देखाउँदैन ।

यसबाट हुने मृत्युदर ०.१—०.३ प्रतिशत बच्चामा हुन्छ भने वयस्क तथा अरू कलेजो रोगीमा १.८ प्रतिशतसम्म पाइएको छ । यो रोगले १० हजारमा ५ देखि ६ जनालाई बेहोसीको अवस्थासम्म पु¥याउन सक्छ । तर, बी र सी जस्तो कलेजोलाई दीर्घकालीन रोगी बनाउँदैन ए र इले । एक्युट लिभर फेलर, जिउ सुन्निने र पेट सुन्निनेबाट ७० प्रतिशतको मृत्यु हुन्छ । त्यसैगरी ब्याक्टेरियाको संक्रमण भई सिरोसिस र क्यान्सर भई मृत्यु हुने पनि पर्याप्त नै हुन्छन् ।

हेपाटाइटिस भएमा आलस्यपन, खानामा अरुचि, मन्द ज्वरो आउने, स्वाद र बास्नामा फरक महसुस हुने, जिउ वा जोर्नी दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने हुन्छ

यो रोग शिशु तथा बच्चामा साधारण रुघाखोकीजस्तै रोग तथा जन्डिस नदेखिने खालको हुन्छ । एकपटक संक्रमण भइसकेपछि जिन्दगीभर यो रोगबाट बच्ने क्षमता शरीरमा आउँछ तर अर्को खालको हेपाटाइटिस भने नलाग्ला भन्न सकिँदैन । त्यसैले यो रोग नेपालमा त्यति ठूलो समस्याका रूपमा छैन तर विदेशीलाई भने यो रोगको सम्भावना रहन्छ ।

निदान 

रोगको पहिचान रगत परीक्षणबाट लक्षण देखिएको र संक्रमण भएको ५—१० दिनमा हुन्छ । लक्षणबाट करिबकरिब निदान हुने यी रोगमा रगत जाँच र अल्ट्रासाउन्ड जरुरी पर्छ । बिरामीको परीक्षणमा आँखाको सेतो भाग पहेंलो, कलेजोको सामान्य सुजन, पेटको माथिल्लो भागमा दुखाइ पाइन्छ । विली रुबिनको साथै लिभर फंसन परीक्षणको जरुरी हुन्छ ।

उपचार 

सामान्य अवस्थामा लक्षण २ देखि ३ हप्तासम्म रहन सक्छ भने रोगको अवधि २५ देखि ५५ दिन रहन्छ र त्यसपछि जीवाणु शरीरबाट आफंै बाहिरिन्छन् । रोग भाइरसबाट लाग्ने भएकाले विशेष औषधि उपचार छैन र लक्षणअनुसारको औषधि र उपचार गर्नुपर्छ । राम्रो कार्बोहाइडे«ट बढी र चिल्लो कम भएको खाना नै यसको उपचार हो । 

उमालेको, नुन बेसार नहालेको खाना खानुपर्दैन जन्डिसको प्रर्याय बनेको गाजर, मुला, काँक्रो मात्र खाँदा शरीरमा पोषण नपुगेर साह्रै कमजोर बन्न सक्छ । बेमौसममा मेवा खोज्दा आर्थिक भार पर्ने, सफा नगरिएको उखुको रसले अन्य रोग निम्त्याउन सक्छ । उखुको रस र ग्लुकोजको सट्टा २५० ग्राम चिनी १ लिटर पानीमा घोलेर खाँदा हुन्छ । दूधदहीले नोक्सान गर्दैन । गुलियो फलफूल भने चाहेजति खान सकिन्छ । सुरुका केही दिन माछामासु नखाने तर महिनौं बार्नुपर्दैन ।

बिरामीलाई आराम दिनुपर्छ । प्रशस्त मात्रामा ग्लुकोज पानी खुवाउनुपर्छ । प्यारासिटामोललगायतका औषधि सेवन गर्नुहु“दैन । आयुर्वेदका अप्रशोधित औषधि र खानामा अत्यधिक परहेजले नोक्सान नै गर्छ । रक्सी तथा रक्सीजन्य पदार्थ ६ महिनासम्म सेवन गर्नुहुँदैन ।

नियन्त्रण

शुद्ध खानेपानीको अभाव भएको नेपालजस्तो देशमा संक्रमण प्रायःजसो पाँच वर्षको उमेरमै भएको देखिन्छ । त्यसैले खोपको व्यावहारिक प्रयोग भएको देखिँदैन । सर्वसाधारणलाई व्यक्तिगत स्वास्थ्य तथा सरसफाइबारे स्वास्थ्य शिक्षा दिने, पानीको मुहान वरपर दिसापिसाब गर्ने, गराउने बन्द गर्नुपर्छ । 

बिरामीको स्याहार गर्ने व्यक्तिले नङ काट्ने, राम्रोसँग सफा गर्ने र साबुन पानीले हात धुनुपर्छ । जुठो खाने ख्वाउने चलन हटाउनुपर्दछ । सम्बन्धित निकायबाट ढल निकासको राम्रो व्यवस्था गर्ने गराउने, उमालेर वा किटनाशक औषधि प्रयोग गरी सुरक्षित पानी पिउने, खाना तथा पानीलाई प्रदूषित हुनबाट बचाउने, खाना पकाउनुअघि, शिशुको स्याहार गर्नुअघि तथा बाहिर गएर घर फर्केपछि राम्रोसँग हात धुने, त्यसैगरी रोगीको दिसापिसाबको राम्रो व्यवस्थापन गर्ने, हेपाटाइटिस एविरुद्ध सुई÷खोप लगाउने बिरामी भएको थाहा पाएमा सम्बन्धित स्वास्थ्य संस्थामा जानकारी दिने र परीक्षण गराउनुपर्छ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …