तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कर्णाली। कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सक्रिय सङ्ख्या ह्वात्तै बढेर आज ९३२ पुगेको छ । साउन दोस्रो साता यतादेखि प्रदेशमा कोभिड–१९ को सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको हो ।

प्रदेशका १० वटै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएपश्चात् बढेको मानव आवतजावतले सङ्क्रमण दर माथि उक्लेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । निर्देशनालयका निर्देशक डा रविन खड्का अनुसार कर्णालीमा आजमात्र ६५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छैसटी जनामा गरिएको आरटी पिसिआर परीक्षणका क्रममा २७ र १९७ मा गरिएको एन्टिजेन परीक्षणका क्रममा ३८ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

“आज ६५ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरस सङ्क्रमणबाट ३१ हजार १६५ सङ्क्रमित भएका छन्”, उहाँले भन्नुभयो, “पछिल्लो तथ्याङ्क नियाल्दा कर्णालीको सुर्खेतमा कोरोना सङ्क्रमण दर बढेको देखिन्छ ।” त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ ले कोरोना जितेर घर फर्केका छन् । कोरोना सङ्क्रमणबाट कर्णालीमा हालसम्म ३५६ ले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …