तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रौतहट । ईशनाथ नगरपालिका-४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ जाली नोट सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा बट्टेश्वर गाउँपालिका-४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका-९ बन्द्रा पशुपतिनगर बस्ने ३० वर्षीय रन्जित महतो र महोत्तरी भङ्गाह नगरपालिका-४ प्रेमनगर बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् । 

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपाली रुपैयाँ १ हजार दरको उक्त जाली नोट सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …