जिल्ला अदालतबाट कैद फैसला भएर फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । लागुऔषध मुद्दामा फरार आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट बस्ने २६ वर्षीय आशिष रामदामलाई प्रहरीले पक्राउ गरेको हो ।
तनहुँ जिल्ला अदालतले निजलाई विसं २०७६ साउन १ गते २६ दिन कैद र रु दुई हजार २०० जरिवानाको फैसला सुनाएको थियो । निजलाई आवश्यक कारवाहीका लागि अदालत दाखिला गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताउनुभयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …