तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

राँझा। बाँकेका ग्रामीण क्षेत्रमा अवैध हतियारका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिँदै गएको छ । खुल्ला सीमाका कारण भारतबाट सजिलै भित्रिने अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियारले सुरक्षा चुनौती बढ्दैै गएको हो । विभिन्न स्थानमा भएका आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

खुला सिमाना रहेकाले बाँकेमा भारतबाट अवैध रुपमा साना हतियार ल्याएर आपाराधिक घटना घटाउने र यहाँबाट अन्य जिल्लामा लगेर बिक्री गर्ने गरेको पाइएकाले त्यसलाई निस्तेज पार्न सुरक्षाकर्मी सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन दिनअघि मात्रै बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिका–६ दोन्द्रा गाउँमा अवैध हातहतियारको कारोबार गरिरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरीले खानतलासी गर्दा भरुवा बन्दुक, त्यसमा लाग्ने तीन थान छर्रा र कटुवा पेस्तोलसहित छोटेलाल राढलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले अवैध हतियार कारोवारमा संलग्न व्यक्तिलाई आफ्नो सुरक्षा संयन्त्र परिचालन गरेर बेलाबखत अवैध हतियारसहित पक्राउ गर्ने गरेको छ । पक्राउ गरेका व्यक्तिलाई दर्ता गरेको मुद्दाका आधारमा पनि बाँकेमा अवैध हतियारको कारोवार वर्षेनि बढ्दै गएको पाइएको छ ।

बाँकेमा विगत तीन वर्षको अवधिमा हातहतियार तथा खरखजाना मुद्दा बढ्दो क्रममा रहेको छ । यहाँस्थित नेपाल–भारत अन्तर्राष्टिय सीमा जमुनाह नाका औपचारिक रुपमा बन्द रहेको समयमा समेत अवैध हतियार पक्राउ पर्ने र त्यससम्बन्धी दर्ता हुने मुद्दा बढेको पाइएको छ ।

बाँकेमा आर्थिक वर्ष २०७५÷७६ मा र आर्थिक वर्ष २०७६÷७७ अवैध हतियारका पाँच मुद्दा दर्ता भएकामा गत आर्थिक वर्ष २०७७÷७८ मा बढेर १४ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …