तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कर्णाली। यी प्रहरी पोष्ट बबईले रु १४ लाख ७५ हजारको अवैध खाद्य पदार्थ बरामद गरेको छ ।

प्रहरीले नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको रा१क ११५६ नम्बरको ट्रकमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बरामद गरेको हो । कर्णाली प्रदेशको प्रवेशद्वार बबईमा शुक्रबार रु १४ लाख ७५ हजार ९६६ बराबरको अवैध खाद्य पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक घर्तीले भेरीगङ्गा नगरपालिका–५ सुर्खेत बबईमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बोकेको ट्रकसहित त्रिवेणी गाउँपालिका–३ रोल्पाका २४ वर्षीय ट्रक चालक खुमबहादुर पुनमगरलाई नियन्त्रण लिई आवश्यक कारवाहीका लागि खाद्यबस्तु, ट्रक र चालक पुनमगरलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …