ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ ।
सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय सो तवरका व्यक्तिलाई खोप लगाइने जानकारी गराउनुभयो । उक्त पत्रमा सो सङ्ख्याको खोप पर्याप्त नभएकाले छिट्टै बढाउन सङ्घले महानगरपालिकाको ध्यानाकर्षणसमेत गराइएको छ । न्याछ्योंद्वारा हस्ताक्षरित पत्रमा बाँकी रहेका पाँच पालिकाका सो क्षेत्रका व्यक्तिलाई समेत खोपको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभएको छ ।
यसैगरी निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले भने खोप लगाउन इच्छुक व्यक्तिले यही आउँदो आइतबार अपराह्न ३ः०० बजेभित्र सङ्घको सदस्यतासहित सचिवालयमा सम्पर्क राख्नसमेत अनुरोध गर्नुभएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …