काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार नौ हजार ७८३ पीसीआर परीक्षणमा दुई हजार ४६७ र चार हजार ८७८ एन्टिजेन परीक्षणमा एक हजार १४५ जना गरी कूल तीन हजार ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ६० हजार ५२४ रहेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५२ हजार २६१ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा २७ हजार ८२० जना होम आइसोलेसन, तीन हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
त्यसैगरी ६८६ जना आइसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार ४४४ जना छन् । थप २७ को मृत्यु नेपालमा कोरोना सङ्क्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ८३४ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । काठमाडौँमा ५०० बढी सङ्क्रमित पछिल्लो २४ घण्टामा काठमाडौँमा सबैभन्दा बढी ५५६, कास्कीमा ३३३, ललितपुरमा १८७, भक्तपुरमा ७६ र सुनसरीमा १७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …