वेदकोट नगरपालिका–१० दैजी बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैधरूपमा मिनी ट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ ।
चोरी पैठारी गरी ट्रकमा चिनी ओसारपसार भइरहेको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले चिनीसहितको ट्रक बरामद गरेको हो । सुपप्र०१००१क १९०१ नंको ट्रकमा अवैधरूपमा ल्याइएको ९८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार बरामद चिनीको मूल्य रु तीन लाख १८ हजार ५०० र नियन्त्रणमा लिइएको टाटा मिनी ट्रकको मूल्य रु छ लाख ८१ हजार गरी जम्मा रु नौ लाख ९९ हजार ५०० रहेको छ । चिनीसहितको मिनी ट्रक र चालक भरत विष्टलाई कानूनबमोजिम आवश्यक कारवाहीका लागि गड्डाचौकी चौकी भन्सार कार्यालयमा बुझाइएको छ । यसैबीच प्रहरीले आज भीमदत्त नगरपालिका–१ भासीस्थित बिक्की गुप्ताले भारतबाट भन्सार छलेर ल्याएको ४२ क्विन्टल चिनीसमेत बरामद गरेको छ । गुप्ताको गोदाममा छापा मारी प्रहरीले रु दुई लाख ७३ हजार मूल्य बराबरको चिनी बरामद गरेको हो ।
बरामद चिनीसहित गुप्तालाई नियन्त्रणमा लिई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …