बजेट अभावले धवलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ ।
जन्मेदेखि चार सातासम्मका बालबालिकाका लागि स्थापना गर्न थालिएको शिशु सघन उपचारकक्ष (एनआइसीयू) निर्माणले बजेट अभावका कारण गति लिन नसकेको हो । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा उक्त कक्ष निर्माणका लागि रु ६० लाख उपलब्ध गराएको थियो । रु तीन करोडको आश्वासन पाएको अस्पतालले उक्त कक्ष निर्माणको काम थालेको थियो ।
विनियोजित बजेटले एनआइसीयूका लागि आवश्यक उपकरणलगायतका व्यवस्थापन अपुग भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताउनुभयो । “हामी अत्यावश्यक परेमा अहिलेसम्म निर्माण भएको संरचनाबाट उपचार गरिरहेका छौँ, तर आवश्यक सबै पूर्वाधार र उपकरण तयार गर्न बजेटको अभाव छ”, पोखरेलले भन्न्ुभयोे, “छिमेकी जिल्लाका अस्पतालले रु तीन करोड पाउँदा धवलागिरिले रु ६० लाखमात्रै पाएको विषयमा खोजी भइरहेको छ ।” कुनै समय सिफारिस केन्द्रका रूपमा परिचित धवलागिरि अस्पतालले बागलुङमा दुई वर्षयता संरचना र जनशक्तिको प्रयोग गरेर सेवा दिने अस्पतालका रूपमा विकास गरिरहेको छ ।
एक वर्षअघि यस अस्पतालमा तीन शय्याको सघन उपचारकक्ष स्थापना भएको थियो । अस्पतालमा तत्काल एनआइसीयू स्थापना भए नवजात शिशुको सुरक्षित उपचार हुने भएकाले काठमाडौँ तथा पोखरा धाइरहनुपर्ने बाध्यता अन्त्य हुने अस्पताल विकास समितिका अध्यक्ष केवी राना बताउनुहुन्छ । “हामी काम गर्न तयार छौँ र गरिरहेका छौँ, सरकार आश्वासन दिन्छ बजेट दिँदैन”, राना भन्नुन्छ, “धवलागिरि अस्पतालमा सबै क्षेत्रको सहयोग र समर्थन भए अस्पताल सक्षम अस्पतालका रूपमा विकास हुन्छ ।” एनआइसीयू बनेमा चार सातासम्मका बालबालिकाको सुरक्षित उपचार हुने अस्पतालका बालरोग विशेषज्ञ प्रकाश थापाले बताउनुभयो ।
अस्पतालले आपत्कालीन प्रयोगका लागि भेन्टिलेटर राखेर उक्त कक्ष सञ्चालनमा भने ल्याएको छ । बाढीपहिराका कारण सडक अवरुद्ध भएर काठमाडाँै, पोखरा पुग्न नसक्दा बिनाउपकरण पनि चिकित्सक र स्वास्थ्यकर्मीले एनआइसीयू कक्ष सञ्चालन गरेर उपचार गरेका थिए । आपत्कालीन सञ्चालनका लागि समेत जनशक्तिको अभाव छ । सिकिस्त भएका, ज्वरो बढी आएका, दूध चुस्न नसक्ने, श्वास फेर्न गाह्रो भएका नवजात शिशुलाई एनआइसीयूमा नै राखेर उपचार गर्नुपर्ने डा पोखरेल बताउनुहुन्छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …