नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालयको सहयोगमा २०८ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् ।मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगिन आज सो सङ्ख्याका पत्रकारले उक्त खोपको दोस्रो मात्रा लगाएका हुन् । महासङ्घ जिल्ला शाखाका सचिव रामहरी कार्कीले काठमाडौँ उपत्यकाभित्र तीनै जिल्लामा कार्यरत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा पूर्ण गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसअघि गत असार ६ गते २२६ पत्रकारले यस खोपको पहिलो मात्रा लगाउनुभएको थियो, यीमध्येका कोही कामको सिलसिलामा उपत्यका बाहिर जानाका साथै केहीलाई कोरोनाले भेट्दा १८ पत्रकारले आज खोप लगाउन पाउनु भएन ।” सो खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेका पत्रकारलाई सूचना विभाग तथा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर महासङ्घको सम्पर्कमा पुनः आउन कार्कीले आग्रह गर्नुभयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …