तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बेनी।हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक बुधबार बिहानैदेखि पुनः बन्द भएको छ । अविरल वर्षाका कारण पहिरो खसेर १३ दिनदेखि अवरुद्ध सडक मर्मतपछि सुचारु भएकोमा गतरातीको वर्षाले गर्दा पुनः सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

रघुगंगा गाउँपालिका–३ गलेश्वरमा सडकभन्दा माथिबाट खसेको ढुङ्गा, माटो र लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर वीरेन्द्रराज गुरुङले बताउनुभयो ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाटमा सडक अबरुद्ध भए पनि अन्य समयमा अबरुद्ध भै रहने अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से छहरा र काभ्रे भीरमा भने सडक सुचारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

राहुघाट क्षेत्रमा अवरुद्ध सडक खुलाउन ओम कार्यश्वर कन्ट्रक्सनको जेसिभी मेसिन ९डोजर० परिचालन गरी पहिरो पन्छाउने काम गर्दै गरेको भए पनि समय लाग्ने बताइएको छ ।

यसैगरी पश्चिम म्याग्दी हुँदै ढोरपाटन–जलजला भएर रुकुम जोड्ने बेनी–दरबाङ सडकखण्ड पनि पुनः सञ्चालनमा आएको छ । मालिका –६ दरबाङ नजिकै बाङ्गे पहिरो भन्ने ठाउँमा खसेको पहिरोको कारण सडक अबरुद्ध भएको छ ।

लामो समयदेखि बेनी–जोमसोम सडक बन्द हुँदा मालसामान ढुवानीका सवारीसाधन र सर्वसाधारणलाई समेत आवतजावतमा समस्या भैरहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …