तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिने व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणले आवश्यक पहल गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘बैंक तथा वित्तिय क्षेत्र जतिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई यस सरकारले खोपमा प्राथमिकता दिने छ ।’ सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशिलताका आधारमा प्राथमिकतामा राख्दै खोप दिने योजना रहेको बताउनुभयो ।

नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।’ उहाँले राष्ट्रिय सहकारी महासंघको टोलीसँग मंगलवार बिहान भएको भेटमा सो कुरा बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघको सल्लाहकार समेत रहनुभएका गृहमन्त्री खाणले सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले महासंघको सल्लाहकार समितिको बैठकमा आफू उपस्थित भएर आवश्यक छलफल गर्ने बताउनुभएको छ ।

महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । गृहमन्त्री खाणले सो विषयमा कर्मचारीहुँदै सबै सदस्यलाई समेत खोप दिने व्यवस्था गर्ने बताउनुभयो । महासंघका अध्यक्ष कँडेलको नेतृत्वको टोली गृहमन्त्री खाणलाई भेटेर सफल कार्यकालको शुभकामना दिएको थियो ।

भेटमा महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा, संचालक खेम पाठक, संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, संचालक डिवी बस्नेत, राजेन्द्र पौडेल, सागर ढकाल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र नायव महाप्रबन्धक बाबुल खनालको उपस्थिति थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …