तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

हाच्छ्युँ आउँदा त्यसलाई जबर्जस्ती रोक्न खोज्नु अत्यन्त घातक हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । हाच्छ्युँ रोक्ने दुस्प्रयत्न गर्दा हालै एक व्यक्ति सख्त घाइते बन्न पुगेपछि विज्ञले यस्तो चेतावनी दिएका हुन् ।

उक्त बेलायती युवकले आफूलाई विशेष क्षमतावान दर्शाउने प्रयत्नस्वरूप नाक–मुख बन्द गरी हाच्छ्युँ रोक्न खोजेका थिए । तर, उक्त प्राकृतिक प्रक्रिया यति शक्तिशाली बन्न पुग्यो कि स्वाभाविक रूपले बाहिर निस्कन नसकेपछि भित्रै ‘विस्फोट’ हुँदा युवकको घाँटीको भित्रीभागका कोषिका छिया–छिया भए ।

हाच्छ्युँ रोक्ने बेला पैदा भएको हावाका फोकाहरू घाँटीदेखि चर्चराहट पैदा गर्दै युवकको छातीसम्म पुग्यो । किनकि, हाच्छ्युँ गर्ने बेला ८० किलोमिटर प्रतिघन्टाको वेगले शरीरभित्रबाट हावा बाहिर निस्करहेको हुन्छ । त्यस्तो तीव्र वेगलाई रोक्न खोज्नु निश्चय पनि शरीरभित्र एकप्रकारको विस्फोट निम्त्याउनु नै हो ।

अमेरिकाको युनिभर्सिटी अफ टेक्ससका साइन्स सेन्टर हेड घाँटी विशेषज्ञ डा. योङ जियाङका अनुसार एक हाच्छ्युँ मानव शरीरका लागि यति नोक्सानदायी साबित हुन सक्छ कि जति चोट घाँटीमा गोली लाग्दा पुग्न सक्छ । यति मात्र नभई हाच्छ्युँलाई जबर्जस्ती रोक्न खोज्दा कहिलेकाहीँ फोक्सो पूरै ध्वस्त हुन पनि सक्छ ।

उनले प्रस्ट्याएका छन्– हाच्छ्युँ आउनुको तात्पर्य शरीरबाट भाइरस या ब्याक्टेरियाहरूलाई बाहिर निकाल्नु हो । यसर्थ यसलाई रोक्ने प्रयत्न गर्नुहुँदैन, बरु आरामले हाच्छ्युँ गर्नुपर्छ । तर, यसो गर्दा वातावरण दूषित हुने हुनाले नाकमा रुमाल राख्नु अपरिहार्य हुन्छ । घटना र विचारबाट

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …