तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । कोरोना परीक्षण गर्दै आएका प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण नराख्दा सकस भएको छ । घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पूरा नहुँदासम्म फलोअप गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले संक्रमितको विस्तृत विवरण नहुँदा सकस भएको बताएको छ ।

सम्पर्क नम्बर नहुँदा ‘केस म्यानेजमेन्ट’मा अप्ठेरो

देशभरका ५८ सरकारी र ३८ निजी प्रयोगशालाबाट कोरोना परीक्षण हुने गरेको छ । तीमध्ये केही प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर) नसोधी परीक्षण गराउने गरेका छन् । जसकारण संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेकालाई सम्पर्क गर्न समस्या भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हाल देशभर २६ हजार ४ सय सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कोभिड–१९ स्वाब परीक्षण गर्ने प्रयोगशाला एवं अस्पतालहरूलाई पत्र काट्दै ईडीसीडीले भनेको छ, ‘पीसीआर पोजेटिभ भएकाहरूको सम्पर्क नम्बर पूर्णरूपमा उपलब्ध गराइदिनू ।’

महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले प्रयोगशालाबाट प्राप्त हुने रिपोर्टमा सम्बन्धित पीसीआर पोजेटिभ रिपोर्ट आएका व्यक्तिको सम्पर्क नम्बरलगायत व्यक्तिगत विवरण उपलब्ध नहुने र गलत सम्पर्क नम्बर प्राप्त हुँदा केस म्यानेजमेन्ट एवं फलोअप कल प्रभावित हुने बताए ।

सबै पीसीआर प्रयोगशालालाई कोरोना पोजिटिभ भएका व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराइदिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ । महाशाखाले कोरोना पत्ता लगाउन स्वाब परीक्षण गर्ने सबै प्रयोगशालालाई संक्रमण पुष्टि भएका व्यक्तिलाई ईडीसीडीको कल सेन्टरबाट कल गरिने भएकाले सम्पर्क नम्बर उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रयोगशालाबाट पोजिटिभ रिपोर्ट आएका व्यक्तिको सम्पर्क नम्बर र व्यक्तिगत विवरण पूर्णरूपमा उपलब्ध नहुने र गलत नम्बर उपलब्ध हुने हुँदा व्यवस्थापनमा समस्या हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ ।

डा. पौडेलले सबै प्रयोगशालालाई पीसीआर परीक्षण गराउन आउने व्यक्तिलाई अनिवार्य रूपमा सम्बन्धित व्यक्तिकै सम्पर्क नम्बर उल्लेख गर्न लगाउन पनि अनुरोध गरिएको बताए ।

यस्तै, बिहीबार देशभर १ हजार ८ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । आरटीपीसीआर र एन्टिजेनविधिबाट १० हजार ५ सय चार जनाको कोरोना परीक्षण गरिएको थियो । ५ हजार ३ सय ७४ जनामा आरटी–पीसीआर र ५ हजार १ सय ३० जनामा एन्टिजेन परीक्षण गरिएकामा पीसीआरतर्फ १ हजार २ सय १८ र एन्टिजेनतर्फ ६ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहीबार १ हजार २ सय ८६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । हाल देशभरका अस्पतालमा ५ सय ७२ जना आईसीयू र १ सय ५७ जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ४७ रहेको छ । केही दिनयता गम्भीर संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।

गत २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको छ । यस्तै, बिहीबार काठमाडौं उपत्यकामा ४ सय २७ जनामा संक्रमण देखिएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंका २ सय ८७, भक्तपुरका ५८ र ललितपुरमा ८२ जना रहेका छन् । राजधानी दैनिकमा  खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …