तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङजा । विभिन्न मुद्दामा अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रही फरार रहेका २० जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङजा तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले जबरजस्ती करणी, लागूऔषध, बैदेशिक रोजगार, सवारी ज्यान नाता कायम, करकाप, गालीवेईज्जती लगायतका बिभिन्न मुद्दामा विभिन्न समयमा फैसला भई लुकिछिपि बसेका उनीहरुलाई असार ७ देखि २२ गतेसम्मको अवधिमा पक्राउ गरेको हो । 

फरार अभियुक्त पक्राउ गर्ने योजना सहित निग्रानी तथा खोजी गर्ने क्रममा २०३९ देखि सवारी ज्यान मुद्दामा फरार रहेका  पुतलीबजार नगरपालिका-६ बस्ने ६५ वर्षीय मोति प्रसाद गुरूङ, २०७० मा जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय भई फरार रहेका अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ७१ वर्षीय मन बहादुर रोकाहा लगायतका उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत स्याङजामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …