तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सप्तरी । सप्तरीको कञ्चनरूपमा आज भएको सडक दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित सडकखण्ड अन्तर्गत कञ्चनरुप नगरपालिका–११ बेङ्गरी चोकमा भएको दुर्घटनामा सोही ठाउँकी ४० वर्षीया कौशिल्या चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१क २८० नम्बरको टिपरले साइलकलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालयय कञ्चनरूप सप्तरीका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्लिसिनाले बताउनुभयो ।

शव परीक्षणका लागि राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । टिपर र चालक इलाका प्रहरी कार्यालयको नियत्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …