तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा ४ जना चिनियाँ नागरिकलाई काठमाडौं महानगरपालिका-१७ ज्याठा गल्लीस्थित जियाङ्यु खाजन होटलबाट सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बालुवाटार बस्ने चीन युनान प्रान्त घर भएका राहदानी नम्बर ईएन ६३१२७४२ बाहक ३१ वर्षीय ZHA0 PENUCHENG, काठमाडौं ठैटी बस्ने चीन हुबे प्रान्त घर भएका राहदानी नम्बर ई ९२१०४८१० बाहक ३४ वर्षीय MA JINGBIN, चीन हेनान प्रान्त घर भएका राहदानी नम्बर इजेआई २३६०६३ बाहक ३१ वर्षीय NIU YULIANG र चीन जुआङगदोन्ज प्रान्त घर भएका राहदानी नम्बर इबीजेट ६०२३३९ बाहक २८ वर्षीय PENG HUI रहेका छन् ।

काठमाडौं महानरगपालिका-१७ ज्याठा क्वाबाहालमा चिनियाँ नागरिकहरु जम्मा भई सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी खेलिरहेको भन्ने बिशेष सूचना प्राप्त हुना साथ महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त होटेल तलासी गर्दा दुर्भल बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी खेली खेलाइरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद ८ लाख ८९ हजार १ सय ५५ रुपैयाँ, जुवातास खेल्न प्रयोग गरेको २ थान बिद्युतिय टेबल, जुवातास खेल्न प्रयोग हुने ४ सय १० थान प्लाष्टिकको गोटी, ७ थान मोबाइल, १ थान बाघको छाला जस्तो देखिने बस्तु, २० थान गाईको छाला जस्तो देखिने वस्तु, २० थान कस्तुरीको बिना जस्तो देखिने वस्तु, ९ सय थान बुद्धचित्त, करिब २० किलो रुद्राक्ष, २ थान राहदानी, विभिन्न चिनिया बैंकहरुको ३५ थान एटिएम कार्ड, २ सय ५० थान भौचर (लेखिएको), ६८ थान भौचर (नलेखिएको), २ थान बाघको दाँत जस्तो देखिने वस्तु, २ थान खुकुरी र १ थान तरबार प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …