तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिन्धुली । जिल्लामा भएको अविरल वर्षाका कारण दुई जनाको मृत्यु भएको छ। एक जनाको पहिराले पुरिएर र अर्का एकको खोलाले बगाएर मृत्यु भएको हो।

वर्षाका कारण कमलामाई नगरपालिका वडा नम्बर ८ पहिरेस्थित रामबहादुर बम्जन आश्रममा एक जनाको पहिराले पुरिँदा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालका अनुसार आश्रमको परिसरभित्र रहेका घरमा माथिबाट आएको पहिराले घरभित्रै पुर्दा मकवानपुर, हेटौंडा उपमहानगरपालिका –१३ घर भई हाल आश्रममा बसोबास गर्ने अन्दाजी ६९ वर्षीय महात्मा गुरु भनिने लरिनबहादुर हिम्दुङको मृत्यु भएको हो।

उनका अनुसार कमलामाई –८ सिस्नेरी स्थित कमलाखोलाको दक्षिणपट्टि कमलाखोलाले बगाइल्याएको एउटा शव भेटिएको छ। शव कमलामाई –५ फोस्रटार बस्ने ८७ वर्षीय सन्तबहादुर मगरको भएको पुस्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै वर्षातका कारण प्रहरीले विभिन्न स्थानमा मनिसको उद्धार गरेको छ।

कमलामाई–९ सुकेखोला स्थित बिपी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको गोलञ्जोर गाउँपालिका १ च्याखुटारका वासुदेव श्रेष्ठले चलाएको ज १ ह ४५५९ नम्बरको अटो खोला तर्ने क्रममा खोलामा नै रहेका बेला अटो, चालक र सवार एक जनालाई प्रहरीले उद्धार गरेको छ।

त्यस्तै कमलामाई –५ मधुटार नजीक कारागारबाट सिन्धुली मधुटारतर्फ आउँदै गरेको बा ५ ख ६७३२ नम्बरको खाली ट्रक रानी खोलामा आएको बाढीले ३० मिटर तल पुर्याएकामा प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका –१ बस्ने सागर लामा स्याङ्तानलाई प्रहरीले उद्धार गरेको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …