दाङ। राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ख २४३९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । तिनलाई अहिले उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भलक शर्माका अनुसार घाइतेलाई घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको छ ।
साँझ पौने ७ बजे दुर्घटनामा परेको बस सडकदेखि झण्डै ५० मिटर तल खसेको छ । सो स्थानमा घुम्ती रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । गाडीमा करीब ३५÷३६ यात्रु भएको हुन सक्ने जनाइएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …