तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । नेपालले खरिद गरेको १० लाख मात्रा कोभिडसिल्ड खोप भारतबाट आउने सम्भावना कम भएपछि विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अस्ट्राजेनेका खोप माग गर्ने तयारी थालिएको छ ।

खोप सल्लाहकार समितिले कोभ्याक्स कोभिडसिल्डको विकल्पमा उपयुक्त हुने जोनसन एन्ड जोनसन र अस्ट्राजेनेकाको खोप माग गर्ने भएको हो । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने बताएपछि कोभ्याक्सले नेपाललाई कोभिडसिल्डको विकल्प माग गरेको थियो ।

विकल्पमा कोभ्याक्समा आबद्ध एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सन खोप उपयुक्त हुने खोप विज्ञ बताउँछन् । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले खोप सल्लाहकार समितिको मंगलबार बसेको बैठकबाट ‘पहिलो विकल्पमा एस्ट्राजेनेका र जोन्सन एन्ड जोनसन उपयुक्त हुने’ निष्कर्ष निकालिएको जानकारी दिए ।

‘कोभ्याक्समा आबद्ध भ्याक्सिन कम भएकाले एस्ट्राजेनेका र जोन्सन एन्ड जोनसन खोप उपयुक्त हुने देखिन्छ,’ डा. पोखरेलले भने, ‘६५ वर्षमाथिका झन्डै १४ लाख ५० हजार ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउनुपर्नेछ । सम्भवतः यी दुई खोप कोभ्याक्समा सिफारिस हुन्छ ।’ जोनसोन नयाँ समूह र एस्ट्राजेनेकाको खोप पहिलो मात्रा लगाएकालाई दोस्रो डोजका रूपमा लगाउन मिल्ने उनले राजधानीसँग बताए ।

भारतबाट माग गरिएको कोभिडसिल्ड भ्याक्सिन आउने सम्भावना कम देखिएपछि औषधि व्यवस्था विभागले कोभिडसिल्ड, कोभ्याक्सिन, स्पुतनिक भी र भेरोसेल खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभ्याक्स ङ्खयासिलिटीअन्तर्गत नेपालमा पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोभिडसिल्ड खोप आएको थियो ।

कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसैबीच, बिहीबार देशभर थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । २० हजार ४ सय १४ जनाको पीसीआर र ५ सय ७८ जनाको एन्टिजेन परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ संक्रमित निको भएका छन् ।

केही दिनयता संक्रमणमुक्त संख्या बढ्दै गएको छ । देशभर हाल १ लाख १६ हजार ४ सय ७६ सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ । देशभर १ हजार ९ जना क्वारेन्टाइनमा छन् । हाल २ हजार १ सय २ कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।

जसअन्तर्गत १ हजार ६ सय ४५ आईसीयू र ४ सय ५७ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा २ सय १० आईसीयू र ५३ भेन्टिलेटर, प्रदेश २ मा १ सय ८८ आईसीयू र ४२ भेन्टिलेटरमा छन् ।

बाग्मती प्रदेशमा ८ सय ७ आईसीयू र २ सय ८७ जना भेन्टिलेटरमा उपचाररत छन् । गण्डकी प्रदेशमा १ सय ५६ आईसीयू र ३४ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ८४ जना आईसीयू र २० भेन्टिलेटर, कर्णालीमा ५५ आईसीयू र सात जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ४५ आईसीयू र १४ जना भेन्टिलेटरमा छन् ।

आईसीयू र भेन्टिलेटर थप्न डेढ अर्ब
यसैबीच, नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिँदो कोभिडका कारण गम्भीर बिरामी र बालबालिका उपचारका लागि पिडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटर थप व्यवस्था गर्न सरकारले ४१ अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।

यसअघि, अर्थ मन्त्रालयले विभिन्न सरकारी अस्पतालाई कोभिड नियन्त्रण र उपचारका लागि ८ करोड १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । अर्थका अनुसार पिडियाट्रिक आईसीयूतर्फ ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, रंगेली, सुनसरी, सर्लाही अस्पताललाई ३-३ करोड प्रदान गरिनेछ ।

त्यस्तै, बारा, रामेछाप, दोलखा, रत्ननगर, भक्तपुर नगर, रसुवा, पर्वत, स्याङ्जा, म्यादी अस्पताललाई ३÷३ करोड सुनिश्चित गरिएको छ । पाल्पा, रोल्पा, पृथ्वीचन्द्र, मुसीकोट, मुगु र मेहलकुना अस्पताललाई पनि ३÷३ करोड दिने निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै, सेती प्रादेशिक अस्पताललाई ६ करोड, गजेन्द्रनारायण अस्पताललाई ९ करोड, तुलसीपुर अस्पताललाई ९ करोड र भक्तपुर अस्पताललाई १२ करोड सुनिश्चित गरिएको छ ।

यसअघि पनि विभिन्न समय मुलुकभरका अस्पताललाई नयाँ भेरियन्टसहित महामारी नियन्त्रण पूर्वाधार निर्माणमा अर्थ मन्त्रालयले रकम सुनिश्चिता गर्दै आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार देशभरमा कोभिड संक्रमण उपचारार्थ डेडिकेटेड रूपमा ४ सय ५० अस्पताल सञ्चालनमा ल्याइएको छ । ती अस्पतालमा पछिल्ला दिन एचडीयू बेड संख्यामा उल्लेख्य वृद्धि भई ४ हजार २ सय पु¥याइएको छ ।

यसैगरी, उपचारका लागि हालसम्म देशभरमा २ हजार २ सय आईसीयू बेड र ८ सय भेन्टिलेटर प्रबन्ध गरिएको छ । ११ हजार ७ सय १३ संक्रमितको सामान्य, १ हजार ६ सय ३१ संक्रमितको आईसीयू र ४ सय ९५ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकामा ६ टोली बनाएर खाद्यान्न र औषधि पसल अनुगमन जारी राखिएको छ ।

उपत्यकाबाहिरका १९ र भित्रका १० अक्सिजन उद्योगबाट १५ हजार ९ सय ४९ अक्सिजन सिलिन्डर भरेर विभिन्न अस्पताललाई उपलब्ध गराइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधबार भएको वार्तामा १० लाख भ्याक्सिन दिने घोषणा गरेअनुसार तीमध्ये २ लाख डोज खोप चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले यातायात प्रबन्धसहित नेपाललाई प्रदान गर्ने र बाँकी ८ लाख डोज खोप ल्याउन आवश्यक समन्वय भइरहेको छ ।राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …