तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणमा सामान्य कमी आएको छ । निषेधाज्ञाको २० दिनपछि राजधानी उपत्यकामा पनि सामान्य कमी आउन थालेको छ ।

अघिल्लो दिनको तुलनामा मङ्गलबार एक हजार ४४ जनाभन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सामान्य कमी आएको हो । अघिल्लो दिन नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार २४७ थियो । मङ्गलबार त्यो सङ्ख्या घटेर आठ हजार २०३ भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा २० हजार २८६ जनाको पीसीआर र ६९३ जनाको एन्टिजेन परीक्षणको क्रममा थप आठ हजार २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख ७२ हजार ३५४ पुगेको छ । 

यसैगरी विगत २४ घण्टामा थप १९६ जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार ४११ पुगेको छ । देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार ५२९ पुगेको छ । यस्तै छ हजार ८९१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुने सङ्क्रमितको सङ्ख्या तीन लाख ५२ हजार ४१४ जना पुगेको छ । 

यसैबीच काठमाडौँ उपत्यकामा भने कोरोना सङ्क्रमण दर घट्दो क्रममा छ । मङ्गलबार काठमाडौँ उपत्यकामा दुई हजार ६३५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो दिन तीन हजार ९८ जनालाई कोरोना पुष्टि भएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …