तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बाँकेमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस महामारीको सङ्क्रमण केही दिनयता घट्दै गए पनि अस्पतालमा भर्ना भएका सङ्क्रमितको मृत्युदर भने घट्न सकेको छैन । सोमबार शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी ल्याबमा कूल ३६३ जनाको पिसिआर परीक्षण गर्दा १४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार १४९ सङ्क्रमितमध्ये बाँकेका ४० पुरुष र ३५ महिला गरी ७५ जनामा सङ्क्रमण देखिएको हो ।

यसअघि प्रयोगशाला रिपोर्टमा कोरोना सङ्क्रमण दर दैनिक रुपमा ७० देखि ८५ प्रतिशतसम्म पुग्ने गरेको थियो । सोमबार सङ्क्रमित हुनेभन्दा कोरोना जित्नेको सङ्ख्या धेरै भएको छ । ७५ जना सङ्क्रमित थपिँदा सोमबार १७५ पुरुष र १९० महिला गरी ३६५ जनाले कोरोना निको भएको स्रोतव्यक्ति वलीले बताए । सङ्क्रमित हुनेको सङ्ख्या घटे पनि मृत्युदर भने घट्न सकेको छैन ।

कोरोना सङ्क्रमणबाट बाँकेमा सोमबार मात्र १३ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाका १० र बाँकेका तीन जनाको मृत्यु भएको हो । बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

गत वैशाख ९ गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । बाँकेमा कोरोना सङ्क्रमणका कारण २२५ जनाको अकालमै ज्यान गएको स्रोतव्यक्ति वलीले जानकारी दिए । उनका अनुसार, बितेको वैशाख महिनामा मात्रै १७२ जनाको मृत्यु भएको छ । यो अवधिमा दश हजार ११४ जना सङ्क्रमित भएका छन् भने छ हजार ४७० जना निको भएका छन् । बाँकेमा शुरुदेखि वैशाख मसान्तसम्ममा १५ हजार ७२ जना सङ्क्रमित भएकामा ११ हजार १७२ जना निको भएर घर फर्किसकेका छन् ।

थप चार सङ्क्रमितको मृत्यु

बाँकेका अस्पतालमा भर्ना भएका थप चार सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा तीन र शिक्षण अस्पताल कोहलपुरमा एक गरी चारजना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । मृतकहरू बाँकेका दुईजना, बर्दिया र दाङका एक एकजना रहेको वलीले जानकारी दिए ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दिया मधुवन नगरपालिका–७ निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको थियो । वैशाख ८ गते सङ्क्रमण पुष्टि भए पनि उनलाई जेठ २ गते मात्रै अस्पताल भर्ना गरिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट २४२ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १९८ जनाको मृत्यु भएको स्रोतव्यक्ति वलीले बताए ।

बेलझुण्डी अस्पतालमा चारको मृत्यु 

तुलसीपुर । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  कोरोना अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण ओलीका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ निवासी ८४ वर्षीया महिला, तुलसीपुर १८ निवासी ६० वर्षीया  महिला, तुलसीपुर–१० निवासी ५५ वर्षीय पुरुष १२ र तुलसीपुर उपमहानगरपालिका–७ निवासी  ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । अहिले अस्पतालमा ६० जनाको उपचार भइरहेको छ भने आज ११ जना भर्ना भएका छन् । आज अस्पतालबाट दुई जनाको मात्रै निको भएर घर फर्किएका छन् ।
 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …