तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कैलाली । पछिल्लो समय कोरोन सङ्क्रमणको दर कैलालीमा दिनप्रतिदिन तीब्र हुँदै गएको छ । जिल्लाका स्थानीय तहले बिरामी व्यवस्थापनका लागि तयारीका काम पनि द्रुत रुपमा अगाडि बढाएका छन् । पहिलो चरणको सङ्क्रमण कम हुँदै गएपछि विकासका काममा केन्द्रीत स्थानीयत तहले अन्य कामलाई थाती राखेर कोरोना सङ्क्रमितका लागि चाहिने आवश्यक पूर्वाधारलाई अहिले धमाधम अगाडि बढाउन थालेका हुन् ।

सङ्क्रमणको दर बढेको भएपनि शुरुआती अवस्थामा यस तर्फ केन्द्रीत हुन नसकेका स्थानीय तहले स्थिति नियन्त्रण भन्दा बाहिर जानलागेको जनाउँदै तयारी शुरु गरेको भजनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कृतिसंह बिकले जानकारी दिनुभयो । उहाँले नगरपालिकामा पनि सङ्क्रमणको दर दिनप्रतिदिन बढ्दै गएको जनाउँदै आकस्मिक रुपमा ५ श्ययाको अक्सिजन जडित आइसोलेशन तयार भएको र १५ श्ययाको आइसोलेशन वार्डको लागि महुन्याल बहुमुखी क्याम्पसमा काम भइरहेको बताउनुभएको छ । “हामी नगरवासीको स्वास्थ्यमा धेरै संबेदनशील छौ । चाहिने आवश्यक साधनस्रोतको ब्यबस्थापनको कामलाई समेत अगाडि बढाइसकेका छौ ।” उहाँले भन्नुभयो, “अक्सिजन सिलिन्डरको आपूर्तिका लागि प्रक्रिया अगाडि बढाईसकेका छौ । क्यारेन्टिन निर्माण गरेका छौ ।” भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरपालिकाले ८ वडा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकेको छ भने ८ सिलिन्डर भराउनको लागि पठाइएको उहाँले जानकारी दिनुभयो । नगरपालिकामा कार्यपालिकाको बैठक बस्न नसक्दा भने कोरोना नियन्त्रण तथा व्यबस्थापनका लागि बजेट विनियोजन हुन सकेको छैन ।

टीकापुर नगरपालिकाले कोरोना व्यवस्थापनका लागि सर्वदलीय छलफल मार्फत आवश्यक जनशक्ति र पूर्बाधारको कामलाई अगाडि बढाएको छ । नगरपालिकाले टीकापुर अस्पतालमा १५ श्ययाको अक्सिजन जडित आइसोलेशनलाई सञ्चालनमा ल्याएको छ भने सीटी हलमा ३८ श्ययाको व्यबस्थित आसोलेशन वार्डको रुपमा बिस्तारको काम अगाडि बढाएको छ । नगरपालिकामा रहेका सार्बजनिक भवन योगाश्रम, संन्तनिरंकारी भवन, जेसिज भवनलाई तयारी अबस्थामा राखेको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिनुभयो । “पहिलो चरणमा २० सिलिन्डर अक्सिजन आपूर्ति गरि टीकापुर अस्पताललाई हस्तान्तरण गरिसकेका छौ । थप सिलिन्डर माग गरिसकेका छौ ।” उहाँले भन्नुभयो, “थप जनशक्ति ब्यबस्थापन र आवश्यकताको आधारमा पूर्वतयारीको काममा नगरपालिका जुटेको छ ।”

नगरपालिकाले रु ५० लाखको कोरोना लक्षित कोषसमेत बनाएको छ । नगर प्रमुख रावलका अनुसार पूँजिगत आयोजना चालू आर्थिक बर्षमा सम्पन्न गर्न नसकिनेलाई कटौती गरी उक्त बजेट कोरोना कोषमा जम्मा गरिने भएको छ । अहिले नगरपालिकामा सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि स्थिति झन जटिल बन्न सक्ने भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन चिकित्सकहरुले आग्रह गर्दै आएका छन् । नगरपालिकामा केही दिन यता दैनिक रुपमा कोरोनाबाट मृत्यु हुन थालेको छ ।

जानकी गाउँपालुकाले पनि कोरोनाको उपचार तथा अन्य वयवस्थापनकोलाई अगाडि बढाएको छ । गाउँपालिकाले यसअघि सञ्चालनमा ल्याएको ३० श्ययाका आइसोलेशन वार्डलाई अक्सिजन जडित बनाउन लागेको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिनुभएको छ । “अक्सिजन खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छौ । छोटो अवधिमा स्थिति काम गर्नुपर्दा समस्या भने धेरै देखिएको छ ।” उहाँले भन्नुभयो, “लक्षण सहितका बिरामीलाई गाउँपालिकाले बनाएको आइसोलेशनमा राख्छौ । जटिल खालका बिरामीलाई टीकापुर अस्पतालमा उपचारका लागि समन्वय भएको छ ।” उहाँले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा ३० लाख रुपैँया बजेट छुट्याइएको जनाउँदै आवश्यक जनशक्ति थप्नेमा समेत गाउँपालिकामा छलफल भइरहेको बताउनुभएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …