तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ ।कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनेमध्ये करिब ९० प्रतिशतलाई अक्सिजन आवश्यक पर्ने विज्ञले बताएका छन् । गत वर्ष यो दर करिब ६० प्रतिशत रहेको त्रिवि शिक्षण अस्पताल कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले बताए ।

संक्रमण तीव्र फैलिरहेको छ । विस्तारको गति र अस्पतालको तयारी मिलेको छैन,’ उनले भने, ‘तयारीअनुसार दोब्बर बिरामी पुगिरहेका छन् ।

कोरोनाको नयाँ भेरिएन्टसमेत देखिएकाले बिरामीलाई श्वासप्रश्वासको समस्या बढी देखिएको चिकित्सकको भनाइ छ । कोभिडको दोस्रो लहरको भाइरस धेरै आक्रामक देखिएकाले संक्रमितलाई अक्सिजनको आवश्यकता बढी रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीन प्रकाश शाहले बताए । ‘दीर्घरोग नभएका ४५ वर्षका संक्रमित पनि अक्सिजनको अत्यधिक आवश्यकताले भेन्टिलेटरमा गएको अवस्था छ,’ उनले भने ।

कोभिड भाइरसले फोक्सोलाई संक्रमित गरेर रगतमा अक्सिजन आपूर्तिमा अवरोध उत्पन्न गर्छ । अक्सिजनको कमी भएपछि बिरामीले लामो सास लिन थाल्छ र दुखाइ, कमजोरीलगायत समस्या आइपर्छ । अक्सिजनको आवश्यकता समयमै पूरा गरे बिरामीलाई सहज हुने चिकित्सक बताउँछन् । कोभिडका बिरामी भेन्टिलेटरमा गएपछि फर्काउन गाह्रो हुने भएकाले आवश्यकता देखिनासाथ तुरुन्त अक्सिजन थेरापी गर्नुपर्ने चिकित्सक बताउँछन् ।

हाल त्रिवि शिक्षण अस्पतालको आईसीयूमा रहेका १० जना र अक्सिजन बेडका ३५ गरी ४५ बिरामीलाई अक्सिजन दिइरहनुपरेको छ । शिक्षण अस्पतालमा अक्सिजनको दुई वटा प्लान्ट भए पनि फ्रान्सबाट ल्याउनुपर्ने किट अभावमा एउटा प्लान्ट न्यून क्षमतामा चलेको अस्पतालले जनाएको छ । बिरामी बढे हाल उत्पादन भइरहेको अक्सिजनले धान्न नसक्ने डा. दासले बताए । ‘उत्पादक कम्पनीको क्षमता बढाउन जरुरी छ,’ उनले भने, ‘नत्र स्थिति भारतभन्दा नराम्रो हुन सक्छ ।’

पोहोरको दाँजोमा धेरै ठाउँमा अक्सिजन प्लान्ट राखिएको दाबी गर्दै स्वास्थ्य मन्त्रालयले तत्काल अभाव नदेखिएको बताएको छ । राजधानीका स्वास्थ्य संस्थामा हाल पुग्ने गरी अक्सिजन उत्पादन भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ‘गत वर्षको तुलनामा यस पटक अक्सिजन आवश्यक पर्ने बिरामी धेरै देखिएका छन्,’ उनले भने ।कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …