तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई कडाइ गरेको छ । लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान शुरु गरेको यतीले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डलाई कडाइ गरेको हो ।

यात्रुलाई सुरक्षित र सङ्क्रमणरहित यात्रा गराउने उद्देश्यले बन्दाबन्दीपछि स्वास्थ्य निर्देशिका बनाएको यतीले उक्त स्वास्थ्य निर्देशिकालाई कडाइका साथ पालना गराउने एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले राससलाई जानकारी दिनुभयो । अहिलेको अवस्थामा सङ्क्रमण जोखिम कायम रहेपनि उच्च सतर्कता अपनाएर यात्रुलाई सुरक्षित यात्रा गराउन हामी प्रतिबद्ध छौँ”, प्रवक्ता बर्तौलाले भन्नुभयो । 

यतीले बन्दाबन्दीपछि जारी गरिएको स्वास्थ्य निर्देशिकालाई अनुशरण गरी उडान गर्दा अहिलेसम्म कसैलाई पनि कोरोना सङ्क्रमण नभएको उहाँको भनाइ छ । यतीले उडान पहिले यात्रुको सिट, लगेज तथा सामान निसङ्क्रमण गर्ने र यात्रुलाई सिट नम्बरको आधारमा विमानभित्र चढाउने तथा ओराल्ने व्यवस्था मिलाइएकाले ढुक्क भएर यात्रा गर्न आग्रह गरेको छ । विमानभित्र उपलब्ध सेवा भने हाललाई स्थगित गरिएको प्रवक्ता बर्तौैलाले बताउनुभयो । 

यती एअरलाइन्सले कोभिड–१९ सङ्क्रमित व्यक्तिलाई यात्रामा प्रतिबन्ध लगाउनुका साथै बृद्ध, दिर्घरोगी, गर्भवतीलाई सकेसम्म जहाजमार्फत यात्रा नगर्न अनुरोध गरेको छ । 

यस्तै, उडान अगाडि यात्रुले भर्नुपर्ने फारम अनिवार्य भर्नुपर्ने, उडानभन्दा एक घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने, उडान अगाडि शरीरको तापक्रम जाँच गर्नुपर्ने, सेनिटाइजर तथा माक्सको अनिवार्य प्रयोग गर्नुपर्ने बताएको छ ।यतीले यात्राका क्रममा भौतिक दुरी कायम गर्न, यात्रुलाई क्याविनमा हातेझोलाबाहेक अन्य झोला नलैजान, विमानमा घरपालुवा जनावर ओसारपसार नगर्न र विमानभित्र सिटमा बसिसकेपछि अनावश्यक रुपमा हिँड्डुल नगर्न आग्रह गरेको छ ।    

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …