तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रबिन्द्र यादव

नवलपरासी ।पश्चिमको सशस्त्र प्रहरी बल बिओपी गुठी परसौनीले बिशेष सुराकीको अधारमा ठुलो मात्रामा लागू औषध सहित एक जना नेपालीलाई पक्राउ गरेको छ ।

सुस्ता गाउँपालिका वडा नं २ सयपत्रीमा सशस्त्र प्रहरी नेपाल गुठी परसौनी (BOP) का इन्सपेक्टर संतोष खरेलको नेतृत्वमा रहेको टोलीलाई देखेर एक जना युवकले झोला बोकेर भाग्न खोजेपछि उनलाई पक्राउ गरि झोला चेकजाँच गर्दा झोलाबाट ठूलो मात्रामा लागू औषध बरामद गरिएको खरेलले बताए । उक्त ब्याग ( झोला ) बाट अनरेक्स सिरफ ३१ बोतल , नाइट्रोभेट ८ पत्ता १ सय २० चक्की , विनस्पास्मो १८ सय ९० पिस जस्ता लागु औषध बरामद गरिएको खरेलले जानकारी दिए । 

पक्राउ परेका युवक र लागू औषध इलाका प्रहरी कार्यालय बेलाटारीमा बुझाइएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुरका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए । पक्राउ परेको युवकको नाम ठेगाना भने सशस्त्र प्रहरीले खुलाएको छैनन् । 

भारतीय सिमा क्षेत्रबाट लागू औषधको  ओसारपसार भइरहेको जन गुनासो पछि गण नं २६ का गणपति महेश अधिकारीको कडा निर्देशनमा नेपाल भारत सिमामा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको स्रोतको दाबी छ । 

लागु पदार्थको प्रयोग र कारोबार बढ्दै गएको छ त्यस अनुसार नियन्त्रणका लागि जनशक्ति अभाव रहेको सरोकारवालाहरुले बताउँछन् । लागु पदार्थ दुर्व्यसन र कारोबारको स्थिति भयावह बन्दा पनि सरकारले खास नीति नल्याएको लागु पदार्थ दुर्व्यसनको क्षेत्रमा काम गर्नेहरू बताउँछन् । 

खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागु पदार्थ अन्य नाकाहरूबाट नेपाल भित्र्याउने गरिएको सशस्त्र प्रहरीले जनाएको छ । जिल्लाको महेशपुर, बिसुनपुरा, भुजहवा, हरकपुरा, बसहिया, बन्नकट्टी , बलिनगर लगायतको नाकाबाट लागू पदार्थ ओसारपसार हुने गरेको स्थानियहरु बताउँछन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …